काठमाडौं । बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव डा. सिन्धु प्रसाद ढुंगानाले हस्तकलाका सामग्रीहरुलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन तथा बजारीकरण गर्नुपर्नेमा जोड दिए । हस्तकला उद्योगले ठुला ठुला उद्योगले जस्तो कार्वन उत्सर्जन नगर्ने हुँदा वातावरण संरक्षणमा पनि सहयोग पुर्याएको उनले बताए । वागमती प्रदेश हस्तकला संघको प्रथम साधारण सभा उद्घाटन समारोहका उनले सो कुरा बताएका हुन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दीलसुन्दर श्रेष्ठ, नेपाल हस्तकला महासंघका कार्यबहाक अध्यक्ष सुनिल चित्रकार, ललितपुर हस्तकला संघका अध्यक्ष विश्राम सिंह महर्जन, नेपाल हाते कागज संघका अध्यक्ष कुमार डंगोल लगायतले सरकारी कार्यालयमा नेपालमै बनेका वस्तुहरु प्रयोग गर्नुपर्नेमा जोड दिए । सरकारी कार्यालयमा हस्तकलाका सामान प्रयोगको नियम बनाउन सके पनि हस्तकलाको प्रवद्र्धन हुने उनीहरुको भनाइ छ ।
नेपाली कला तथा संस्कृतिको प्रवद्र्धनमा हस्तकलााले सहयोग पु¥याएको र विदेशी मुद्रा आर्जनमा पनि सहयोग पुुगेको बागमती हस्तकला संघका अध्यक्ष होमनाथ उपाध्यायले बताए । हस्तकलाका सामान प्रवद्र्धन तथा बजारीकरणमा सबैले चासो दिनुपर्ने उनको भनाइ छ । हस्तकलाका सामानले महिलामा उद्यमशिलताको विकास गरेको संघका उपाध्यक्ष कमला सुवेदीले बताईन् । कार्यक्रमको संचालन सचिव नविन शाक्यले गरेका थिए ।
Comments are closed.