चीनमा नेपाली हस्तकला सामग्री प्रवद्र्धन गर्न आग्रह

काठमाडौं । नेपालका हस्तकला व्यवसायीको छाता सङ्गठन नेपाल हस्तकला महासंघले छिमेकी मित्रराष्ट्र चीनमा नेपाल हस्तकला सामग्री प्रवद्र्धन गर्न आग्रह गरेको छ ।

महासंघले बिहबिार जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई भेटेर नेपाली परम्परागत हस्तकलालाई चीनमा प्रवद्र्धन गर्न आग्रह गरेको हो । भेटमा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले चीनमा रहेको नेपाली राजदूतावासमा नेपाली परम्परागत हस्तकला झल्किने वस्तुको प्रदर्शनी कक्ष राख्नुपर्ने बताए ।

उनले नियमितरूपमा भन्सार नाका नखुल्दा नेपाली हस्तकला निर्यातमा समस्या भएको भन्दै भन्सार नाका सहजीकरणका लागि चीन सरकारसँग आवश्यक पहल गर्न आग्रह गरे । अध्यक्ष शाक्यले ठूलो जनसङ्ख्या र स्रोतसाधन भएको चीन नेपाली हस्तकलाको ठूलो बजार भए पनि उच्च भन्सार दर र चिनियाँ बैंक नेपालमा नहुँदा हस्तकला कारोबारमा समस्या परेको बताएका थिए ।

You might also like

Comments are closed.