काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो लगानी विविधीकरण गर्दै सुगर मिल र हाइड्रोमा लगानी गर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिको २३५औँ बैठकले लगानीलाई क्षेत्रगत रुपमा विविधिकरण गर्ने तथा दीर्घकालीन लगानी गर्ने नीतिअनुरुप विजय श्री सुगर मिल्स लिमिटेड र Induwa Khola PRO R Hydropower Project मा लगानी गर्ने निर्णय गरेको हो ।
विजय श्री सुगर मिल्स लिमिटेडमा प्रतिशेयर १०० रुपैयाँका दरले २५ लाख कित्ता संस्थापक शेयर खरिद गरी अधिकतम २५ करोड रुपैयाँ र भिजन टेस्ला पावर प्रालिले प्रवद्र्धन गरेको संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन २४.९२१ मेगावाट क्षमताकोInduwa Khola PROR Hydropower Project मा प्रतिशेयर १०० रुपैयाँका दरले १५ लाख कित्ता संस्थापक शेयर खरिद गरी १५ करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।



Comments are closed.