तुषार नगर हायात प्लेस बुटवलको जीएममा नियुक्त

काठमाडौं ।  हालै सञ्चालनमा आएको हायात प्लेस बुटवलले आफ्नो महाप्रबन्धक (जनरल म्यानेजर)को भूमिकामा हस्पिटालिटी क्षेत्रमा अनुभवसंपन्न तुषार नगरलाई नियुक्त गरेको छ । नगरले होटलको दैनिक सञ्चालन, वित्तीय व्यवस्थापन र अतिथि सेवामा नेतृत्व प्रदान गर्नेछन् ।

हायात प्लेस होटलहरूले शैली (Style), नवीनता र चौबीसै घण्टा उपलब्ध सुविधाहरूको संयोजन गरी आधुनिक तथा व्यस्त यात्रीहरूका लागि सहज अनुभव प्रदान गर्दछन् । यहाँका कोठाहरू पाहुनाहरूको आवश्यकतालाई ध्यानमा राखेर सुत्ने, काम गर्ने र रमाइलो गर्ने छुट्टाछुट्टै जोन हुने गरी विचार पुर्याएर डिजाइन गरिएका छन्। साथै, यहाँको खुला वातावरणले काम र विश्रामबीचको सन्तुलन मिलाउन मद्दत गर्दछ । विश्वभर ४४० भन्दा बढी स्थानमा विस्तार भएको हयात प्लेसले खानपिनको सहज सुविधा, चौबीसै घण्टा चल्ने फिटनेस सेन्टर र हरेक बिहान तातो नास्ताको सेवा प्रदान गर्दै आएको छ ।

सिकागोमा मुख्यालय रहेको हायात होटल्स कर्पोरेसन विश्वको एक अग्रणी हस्पिटालिटी कम्पनी हो ।   यसको मूल मन्त्र नै ‘मानिसहरूको हेरचाह गर्नु, ताकि उनीहरू उत्कृष्ट बन्न सकून्’ भन्ने रहेको छ । ३० सेप्टेम्बर २०२५ सम्मको तथ्याङ्क अनुसार, कम्पनीले ६ महादेशका ८२ देशहरूमा १,४५० भन्दा बढी होटल तथा ‘अल-इन्क्लुसिभ’ रिसोर्टहरू सञ्चालन गरिरहेको छ ।

You might also like

Comments are closed.