पोखरा । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि., सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोक पोखरा, सामुदायिक सेवा केन्द्र गोरखा, दुर्गम स्वास्थ्य सेवा केन्द्र कास्की, लायन्स क्लव अफ गोरखा र भिमसेनथापा गाँउपालिका गोरखाको संयुक्त आयोजनामा गोरखाको घ्याम्पेसालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । फागुन २४ गते सोमबार अन्तराष्ट्रिय नारी दिवसको अवसरमा स्वास्थ्य शिविर गरिएको हो ।
स्वास्थ्य शिविरबाट घ्याम्पेसाल वरिपरीका दुर्गम तथा पहाडी क्षेत्रका जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थामा आवद्ध भएका तथा नभएका ४६० जनाको स्वास्थ्य जाँच गरिएको थियो । शिविरमा स्त्री रोग, आँखा जाँच, बालरोग, जनरल फिजिसियन, हाड जोर्नी सम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिएको थियो । शिविरका लागि विशेषज्ञ सहितको डाक्टर तथा प्राविधीक टोली पोखराबाट गएको थियो । शिविरमा इसिजी र सुगर रोगको पनि निःशुल्क परिक्षण गरिएकोे थियो ।
ग्रामीण पहाडी क्षेत्रमा बसोबास गर्नेहरुलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको शिविरमा करीब १ लाख ५० हजार रुपैयाँभन्दा धेरैको औषधि समेत निः शुल्कवितरण गरिएको आयोजक संस्थाहरुले जनाएका छन् । भिमसेनथापा गाँउपालिका अध्यक्ष ईश्वर पाण्डेको प्रमुख आतिथ्यता तथा सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा पृथ्वीचोक पोखराका अध्यक्ष विपिन अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
Comments are closed.