स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलासहित पदाधिकारीद्वारा सपथ ग्रहण

बीमा कार्यक्रम नपुगेका जिल्लामा पु¥याउने बसौलाको प्रतिबद्धता

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका नवनियुक्त पदाधिकारीले शुक्रबार शपथ लिएका छन् । बोर्डका अध्यक्ष डा. सेनेन्द्र उप्रेतीले बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलासहित सदस्यहरु डा. तारा साह, इन्द्रकला राई र टीका चापागाईं भट्टराईलाई शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललको उपस्थितिमा शपथ गराएका हुन् ।

उक्त समारोहमा मन्त्री ढकालले बीमा कार्यक्रमलाई देशभरी नै पु¥याउनुपर्ने बताए । उनले बीमा कार्यक्रमबारे नागरिकलाई थाहा नभएर सेवा सुविधाबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै नवनियुक्त पदाधिकारीले बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले चाँडै नै बीमा योजना पारित गरेर कार्यन्वयनतर्फ लैजाने उल्लेख गरे ।

नवनियुक्त कार्यकारी निर्देशक डा बसौलाले बीमा कार्यक्रम नपुगेका जिल्लामा यसै आर्थिक वर्षमा पु¥याउने बताए । उनले जनचेतनाको अभावले मानिसहरु अझै पनि बीमा नगराएकाले सबै स्थानीय तहमार्फत बीमा गराउनका लागि जनचेतना फैलाउने जानकारी गराए ।

jutta mela

मन्त्रालयले लागू गरेको बीमा कार्यक्रम ६० जिल्लाका ५९७ स्थानीय तहमा लागू गरिएको छ । पाँच जना सदस्य भएका परिवारले वार्षिक रु तीन हजार ५०० को बीमा गरे वार्षिक रु एक लाखसम्मको स्वास्थ्य सेवा निःशुल्क पाउने गर्दछन् ।

You might also like

Comments are closed.