नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघद्वारा २४ जना कलाकारलाई सम्मान

काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा कलाकारलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रत्येक वर्ष महासंघले भित्ते पात्रो प्रकाशन गर्दै आइरहेको छ । महासंघले पात्रोको प्रत्येक पानामा एक जनाको दरले १२ जना कलाकारको पेन्टिङलाई सम्मावेश गर्छ । गत वर्ष र यो वर्ष पात्रोमा समावेश भएका पेन्टिङका २४ जना कलाकारलाई सम्मान गरिएको महासंघले जनाएको छ ।

jutta mela

महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठको अध्यक्षतामा तथा वरिष्ठ कलाकार एवं प्राध्यापक राधेश्याम मुल्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । विशिष्ट अतिथिमा नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष रमेश शर्मा रहेको थिए । उक्त अवसरमा बोल्दै उनीहरुले नेपालको विकास निर्माणमा हेभी इक्विपमेन्ट व्यवसायीको महत्वपूर्ण योगदान रहेको बताए ।

महासंघ अन्तर्गतका जिल्ला संघहरुमा निर्वाचित भएका नयाँ नेतृत्वलाई महासंघले बधाई ज्ञापनसमेत गरेको छ । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्माले स्वागत मन्तव्य राखेका थिए भने महासचिव सुरेश खत्रीले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त अवसरमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै मन्तव्य राखेका थिए ।

You might also like

Comments are closed.