नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ सुदुर पश्चिम प्रदेश संयोजकमा बलायर

काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको सुदुर पश्चिम प्रदेश संयोजकमा लोकबहादुर बलायर निर्वाचित भएका छन् ।

बिहीबार काठमाडौंमा सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

महासंघको सुदुर पश्चिम प्रदेश संयोजकमा सर्वसम्मत निर्वाचित गराउने सम्पूर्ण सदस्यहरुप्रति बलायरले आभार व्यक्त गरेका छन् । उनी यस अगाडिको कार्यकालमा कार्यसमिति सदस्य भएर काम गरेका थिए ।

उमाकान्त शर्माको अध्यक्षतमा महासंघको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

You might also like

Comments are closed.