हेभी इक्विपमेन्ट महासंघको अध्यक्षमा उमाकान्त शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको अध्यक्षमा उमाकान्त शर्मा निर्विरोध निर्वाचित भएका छन् । बिहीबार काठमाडौंमा सम्पन्न महासंघको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले शर्माको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री, प्रथम उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा सुनिल थापा र तृतीय उपाध्यक्षमा जयबहादुर साउद चुनिएका छन् । त्यसैगरी, महासचिवमा मेजर शमशेर कुवर महेश, उपमहासचिवमा यादवलाल श्रेष्ठ, सचिवमा निश्चल पोखरेल र शेरबहादुर कुवर निर्वाचित भएका छन् ।

कोषाध्यक्षको जिम्मेवारी खिन्त बहादुर भण्डारी (भरत) ले पाएका छन् भने सहकोषाध्यक्षमा दानबहादुर बोगटी चयन भएका छन् । अधिवेशनले प्रदेश प्रमुखहरु पनि चयन गरेको छ । बागमती प्रदेश प्रमुखमा प्रभुराम श्रेष्ठ, गण्डकी प्रमुखमा अमृत घिमिरे, लुम्बिनी प्रदेश संयोजकमा चक्रपाणि शर्मा र सुदुर पश्चिम प्रदेश प्रमुखमा लोकबहादुर बलायर निर्वाचित भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा डिल्लीबहादुर डाँगी, ऐनबहादुर राउत, भरतबहादुर शाह, बमबहादुर खड्का, लक्ष्मण साउद, कमलप्रसाद श्रेष्ठ, दानसिंह बठैला, भीमसेन क्षेत्री (भिम केसी), बामदेव पौडेल, धरसमान तामाङ, दिनेश सापकोटा, बालकृष्ण कोइराला, राजेशकुमार गुप्ता, श्रीदेव कापरी, सुरेश गौतम, भोजकुमार श्रेष्ठ, श्रीबहादुर कुँवर, दिपक पाण्डे, खड्गबहादुर कार्की, निलबहादुर श्रेष्ठ, पंकज अधिकारी, रामचन्द्र प्रधनाङग, अरुण शर्मा, संजिव देउजा, वसन्तकुमार श्रेष्ठ, शालिग्राम श्रेष्ठ, खेमराज आचार्य, प्रकाश गौतम, संजिव कार्की र लक्ष्मण बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् ।

You might also like

Comments are closed.