हेलम्बुका बाढी प्रभावितलाई नगद

सिन्धुपाल्चोक ।

हेलम्बुका बाढी प्रभावितलाई नगद सहयोग गरिएको छ । पाल्चोक निवासी लामा गुरु दोर्जे लोपेन छेवाङ नोर्बुको नेतृत्वमा सिन्धुपाल्चोकका विभिन्न व्यक्तिहरुद्वारा संकलित रकमबाट नगद सहयोग गएिको हो ।

नगद वडा नं २ को गणेश बगर, चुरेटार कविकुञ्ज, पाल्चोकको गैरीबेसी लगायतका १५० घर धुरीलाई घर क्षति भएकालाई पाँच हजार र जोखिममा परेका, भाडामा बस्नेलाईलाई तीन हजार नगद सहयोग गरिएको लामाले जानकारी दिए। साथै उनिहरुले रेडियो मेलम्चीलाई पनि नगद दश हजार सहयोग गरेका छन् ।

lcci
You might also like

Comments are closed.