लायन्स क्लबले गरे स्व. शालिकराम अधिकारीको परिवारलाई सहयोग

पोखरा ।
बैदेशिक रोजगारीको सिलसिलामा असामयिक निधन भएका पोखरा २४ का शालिकराम अधिकारीको परिवारलाई लायन्स क्लबले आर्थिक तथा खाद्यान्य सहयोग गरेका छन् । बैदेशिक रोजगारीमा गएका अधिकारीको विदेशमा नै मृत्यु भएको हो ।

१२ औं दिनको पुन्य तिथिमा लायन्स क्लब अफ पोखरा मिडटाउन, बाराही टाउन, युनियन टाउन र गण्डकी प्रदेशले उनको परिवारलाई खाद्यान्य तथा आर्थिक सहयोग गरेको संयोजक तथा डिष्ट्रिक्ट चियरसर्पन रोजी श्रेष्ठले जानकारी दिईन् ।

डिष्ट्रिक्टका पिआरओ ईन चिफ राम बसेलले सहयोग हस्तान्तरण गर्दै क्लबहरुले  आवस्यकता हेरी सहयोग गरेकोमा प्रसंसा गर्दै आगामी दिनमा पनि समाजसेवामा निरन्तर लाग्न आग्रह गरे । कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधी, जोन चियर पर्सन सुरेन्द्र पौडेल, मिड टाउनका द्धितिय उपाध्यक्ष सुना मल्ल लगायत क्लवका अध्यक्ष तथा प्रतिनिधी उपस्थित थिए ।

मिड टाउनका अध्यक्ष रुक्मांगत भण्डारी (विश्वास)को अध्यक्षतामा भएको कार्यक्रमको संचालन कुस्माराज सुबेदिले गरेका थिए ।

lcci
You might also like

Comments are closed.