काठमाडौं । नेपाल ब्यवस्थापन संघको अध्यक्षमा हेमा अधिकारी सर्वसम्मत निर्वाचित भएकी छिन् । शनिवार, २४ माघ २०८२ मा सम्पन्न साधारणसभामा अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन ।
निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा जितेन्द्र धिताल, द्धितीय उपाध्यक्षमा कृष्ण प्रसाद आचार्य, महासचिवमा ईन्द्र कुमार श्रेष्ठ, कोषाध्यक्षमा चंकी क्षेत्री र सदस्यहरुमा उर्मिला श्रेष्ठ, महेश शर्मा ढकाल, देबेन्द्र रमण खनाल, पर्वत कुमार कार्की, मधु पौडेल, डा. बुद्धि मल्ल, अनु जोशी, बाबुराम शर्मा, अरुण कुमार सिग्देल, धर्मानन्द अवस्थि, कृष्ण प्रसाद शर्मा र कृष्ण कुमार भुट्टराई निर्वाचित भएका हुन् ।
नेपाल ब्यवस्थापन संघको ४५ बर्षको ईतिहांसमा संघले हेमा अधिकारीलाई दोश्रो महिला अध्यक्ष पाएको हो । हेमा अधिकारीसंग करिब ३ दशकदेखि अन्तराष्ट्रिय बैंकमा आवद्ध छिन् । हाल उनि दुवई प्रधान कार्यालय रहेको मशरेक बैंकको नेपाल र भूटानको कन्ट्रि हेडमा कार्यरत छिन् भने संघका अन्य सदस्यहरु सरकारी, गैह् सरकारी, बिभिन्न बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स, सामाजि संस्था लगायत अन्य बिभिन्न क्षेत्रहरुमा लामो समयदेखि योगदान दिंदै आएका ब्यक्तिहरु रहेका छन् ।






Comments are closed.