गैरकानुनी रुपमा दूध भित्रिने क्रम बढेको छ

हेमचन्द्र खनाल, महासचिव, नेपाल डेरी एसोसिएसन

राज्यको नीतिगत निर्णयका कारणले पछिल्लो समय मूल्य बृद्धि अत्याधिक बढेको छ । यसको प्रभाव सबै क्षेत्रमा परेको छ । दुग्ध क्षेत्र पनि यसबाट प्रभावित भएको छ । प्रत्यक्ष वा अप्रत्यक्षमा रुपमा मिल्क होलिडेको अवस्था देखिदै आएको छ, त्यसलाई समाधान गर्नका लागि हामीले आफ्नो ठाउँबाट पहल गर्दै आइरहेका छौं ।

नेपालमा खुल्ला सिमाना छ । नेपाल र भारतमा समान मूल्य नहुँदा जता धेरै मूल्य पर्छ सस्तो पाइनेतिरबाट चोरी निकासी हुने क्रम बढ्दो छ । मूल्य बृद्धि अगाडि भारतमा मूल्य बढी थियो र सीमा क्षेत्रबाट केही दूध भारततर्फ जाने गर्दथ्यो, भारतीय दूध आउँदैनथ्यो । जब सरकारले दूधको मूल्य बृद्धि गरायो नेपालको मूल्य बढी भयो र सीमानाकाबाट गैरकानुनी रुपमा मोटरसाइकलमा दूध भित्रिने क्रम बढ्यो । जसको कारणले यहाँको दूध व्यवसायमा नकारात्मक असर गरेको छ ।

jutta mela

मूल्य बृद्धि भएपछि छुर्पीको व्यापारमा पनि असर गरेको छ । प्रति लिटर १० रुपैयाँ मूल्य बृद्धि हुँदा छुर्पिमा प्रतिकेजी २५० रुपैयाँ लागत बृद्धि भएको छ । राम्रै निकासी भइरहेको छुर्पीको मूल्य बढ्न जाँदा यसको अन्तर्राष्ट्रिय बजार पनि कमजोर बनेको छ । नेपालको अर्डर रोकेर अन्य देशबाट छुर्पि मगाउने क्रम अन्तर्राष्ट्रिय बजारमा बढेको छ । छुर्पिले बजार नपाउने, सीमा क्षेत्रमा भारतीय उत्पादन बढी भित्रिने क्रमले यो व्यवसायमा असर गरेको छ । व्यवसायीले बटर र पाउडर उत्पादन बढाएर मिल्क होलिडे नगरेको अवस्था हो । यस्तै अवस्था रहेमा समस्या अझै बढ्ने हुँदा समयमा नै सरकारले यसतर्फ चासो दिन आवश्यक छ ।

हामी व्यवसायीले आजको दिनसम्म किसानको मूल्यलाई रोकेका छैनौं । घरजग्गा धितो राखेर हुन्छ वा लोन लिएर हुन्छ किसानको पैसा भुक्तानी गरेका छौं । तर, अब यो समस्या कहिलेसम्म रहने र कहिलेसम्म थेग्ने भन्ने कुरा आएको छ । बैंकले पनि एउटा लिमिटसम्म मात्रै पत्याउने हो । हामीलाई देशमा सरकार छ वा छैन भन्ने लागेको छ । नेपाली बजारलाई विस्थापित गराउने र भारतीय बजारलाई नेपाल बढाउने काम भएको छ जुन नेपाली किसान र यहाँका उद्योगी व्यवसायीको हितमा छैन ।

कुराकानीमा आधारितः

You might also like

Comments are closed.