आलु महोत्सव नजिकिएसँगै हेमजामा सरसफाई

गोविन्द तिमिल्सिना/ हेमजा । ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव नजिकै आइपुग्दा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा सरसफाई गरिएको छ ।

११ औं संस्करणको महोत्सव नजिकिदै गर्दा आलु महोत्सव आयोजक बिष्णु पादुका क्लबको आयोजनामा हेमजाको तिब्बतीयन क्याम्पदेखि साझाचोक हुदै चाक्लेकुलासम्म रहेको फोहोर मैला संकलन गरि सरसफाई गरिएको थियो ।

उक्त अवसरमा बिष्णु पादुका क्लबका पदाधिकारीहरु तथा हेमजामा रहेका विभिन्न संघ सस्था, आमा समुह, युवा क्लब तथा स्थानियहरुले सहभागीता जनाएको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सवका महासचिव बसन्त कुमार श्रेष्ठले जानकारी दिए । सरसफाइ कार्यक्रममा संकलन फोहोरलाई बोरामा राखी महानगरको फोहोर संकलन गर्ने सवारीमार्फत ब्यवस्थापन गरिएको महासचिव श्रेष्ठले बताए।

jutta mela

विगतका वर्षहरुमा पनि हेमजा आलु महोत्सवमा महोत्सव स्थल परिसर र आसपासका टोलहरुमा सरसफाइ गरिदै आएको र सरसफाइ कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने हेमजा आलु महोत्सव मुल आयोजक समारोह समितिका संयोजक तथा बिष्णु पादुका क्लवका अध्यक्ष सुबिन श्रेष्ठले बताए ।

बिष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा यही चैतको २६ गतेदेखि बैशाख ३ गतेसम्म बिष्णु पादुका खेल मैदानमा ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुदैछ ।

You might also like

Comments are closed.