काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नेपाल धितोपत्र बोर्ड (सेबोन) का नयाँ सदस्य नियुक्त भएका छन् । उनलाई महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल ले महासंघको तर्फबाट सेबोन सदस्यको रूपमा मनोनयन गरेका हुन् ।
नेपाल धितोपत्र ऐन २०६३ को धारा ३ अनुसार, नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि सेबोनमा सदस्य हुने व्यवस्था छ । नयाँ सदस्यका रूपमा ढकालले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै पूँजीबजारलाई राष्ट्रिय अर्थतन्त्रको दिगो स्रोतको रूपमा विकास गर्न निजी र सरकारी निकायबीच सहकार्य सुदृढ बनाउने प्राथमिकता रहने बताए ।
साथै, ढकालले सेबोन सदस्यको हैसियतले शेयर बजारको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि, लगानीकर्ता संरक्षण, बजार पहुँच विस्तार र दीर्घकालीन लगानी प्रवर्द्धनमा आफ्नो योगदान दिने बताए ।
Comments are closed.