काठमाडौं । जिल्ला–जिल्ला तहमा व्यापार मेला आयोजना गरेर मनोरञ्जनका कार्यक्रम गर्ने, व्यवसायीलाई उत्साह थप्ने काम नेपाल उद्योग वाणिज्य महासंघले सुरुवात गरेको हो । यही वैशाख २५ देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा १०औं संस्करणको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुँदैछ । संघले काठमाडौंमा मात्र नभई वस्तुगत संघ, जिल्ला, नगर संघलाई मेला लगाउन प्रोत्साहन गर्दै आफ्नो संस्कृति, स्थानीय उत्पादन प्रवद्र्धन गर्ने कार्य गरिरहेको छ । उद्योग वाणिज्य संघबाटै मेला आयोजना हुँदा सान्दर्भिक र मेलाको प्रभाव राम्रो हुनेछ ।
नेपालमा उत्पादन हुने मौलिक उत्पादनहरु मेलाको आकर्षण बन्नेछन् । नेपालकै कच्चापदार्थबाट उत्पादन हुने वस्तुहरु, निर्यातमुखी उत्पादनलाई मेलामा प्राथमिकता दिइएको छ । वस्तुगत संघले उत्पादन गरेका चिया, कफी, छुर्पी लगायतका वस्तु विदेश निर्यात भइरहेका छन् । अन्य उत्पादनलाई पनि विदेश निर्यात गरेर देशको अर्थतन्त्र चलायमान बनाउन, नेपालमा उत्पादन भएका सामानलाई प्रवद्र्धन गर्ने मेलाको लक्ष्य छ । कोभिड–१९ को महामारी पश्चात् नेपालको बजार चलायमान नभएको अवस्था छ । नेपालका उद्योग तथा व्यापारलाई सघाउने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको मेला आयोजना गरेका हौं । मेला अन्तर्राष्ट्रियस्तरको भएकाले विदेशका विभिन्न सामान प्रदर्शनीमा राखिनेछ ।
व्यवसायीले आफ्नो उत्पादनलाई प्रदर्शन गर्ने, डिलर सीप दिने र लिने, बजार बिस्तार गर्ने, नेपालका उत्पादन विदेशमा लगेर बिक्री गर्ने अवसर मिल्नेछ । सम्भावित क्षेत्रका उत्पादनका सन्दर्भमा अन्तक्र्रिया हुनेछन् । अवलोकर्तालाई बिक्री गर्न सक्ने खालका वस्तुहरु मेलामा राखिनेछ । देशको अर्थतन्त्र उकास्न कानुन संशोधन, निजी क्षेत्रको मनोबल बढाउने, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन गर्दै नेपालका निर्यातमुखी उत्पादनलाई बाह्य मुलुकमा निर्यात गर्न सहयोग गर्न सरकारलाई हाम्रो आग्रह पनि छ । विदेशमा उत्पादन भएका सामान राम्रो मान्दै उच्च महत्व दिएर खरिद गर्ने तर नेपाली उत्पादनका सोही सामान खरिद नगर्नेलाई नेपालकै उत्पादन राम्रो हुन्छ भन्ने बानी बसाल्न यो मेलाले सघाउ पु¥याउनेछ ।
नेपालका शीर्ष दल नेपाली कांग्रेस र नेकपा एमाले सरकारमा छ । दुई मुख्य दलको सरकारमा उपस्थितिले व्यापार, व्यवसाय, देशको अर्थतन्त्र चलायमान हुने हाम्रो अपेक्षा छ । यहीँ अवस्थामा बजारलाई चलायमान बनाउनुपर्छ भन्ने सोचमा हाम्रो ध्यान केन्द्रित छ । यस्ता मेला आयोजना हुँदा उत्पादनकर्ता, उपभोगकर्ता र खरिदकर्ताबीच अन्तक्र्रिया गर्ने अवसर हुनेछ । बजारमा आएका नयाँ–नयाँ उत्पादनहरुबारे जानकारी हुने हुँदा यस्ता खालका मेला उत्पादनकर्ता, उपभोक्ता र खरिदकर्तालाई राम्रो फाइदा पुग्नेछ । कोभिड–१९ पश्चात् थलिएको व्यवसायलाई पुरानै लयमा फर्काउन मेलाले महत्वपूर्ण सहयोग गर्नेछ । मेलामा भुटान, थाइल्याण्ड, पाकिस्तान, चीन, मलेसिया, बंगलादेश, भारत लगायतका देशको प्रतिनिधित्व रहनेछ ।
मेला सञ्चालनका क्रममा विभिन्न उतारचढाव आइरहेका छन् । अन्तर्राष्ट्रिय खालको मेला आयोजना गर्न पूर्वाधारको चुनौती झेल्नु परिरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघको नामअनुसार भव्य र आकर्षण हुने गरी मेला गर्न पूर्वाधारको अभाव छ । अहिले मेला आयोजना भइरहेको स्थानमा गोदाममा राखेर सामान बिक्री गर्न, प्रदर्शन गर्न समस्या छ । आराम गर्ने ठाउँ, खाना, शौचालय लगायतका विविध अभावले साँघुरिएर मेला आयोजना गर्न बाध्य छौं ।
अन्तर्राष्ट्रिय स्तरको मेला आयोजना गर्न मिल्ने खालको वैकल्पिक जग्गा व्यवस्थापन गरिदिन सरकारसँग हामीले अनुरोध पनि गरेका छौं । सरकारले बजेट विनियोजन गरेर ठूलो व्यापार मेला सञ्चालन गर्न मिल्ने खालको पूर्वाधार तयार पारिदिनुपर्छ, नत्र निजी क्षेत्रका छाता संगठनलाई जग्गा उपलब्ध गराएर काम गर्ने व्यवस्था गरिदिनुपर्छ । नेपाली उत्पादनलाई प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय स्तरमा लैजाने हो भने मेलाका लागि तत्काल उपयुक्त ठाउँ खोजिनुपर्छ ।
Comments are closed.