विश्व बजारमा क्षमता प्रदर्शन गर्नसक्ने विद्यार्थी उत्पादन गर्दै हेरल्ड इन्टरनेशनल कलेज

काठमाडौं । शिक्षा क्षेत्रमा समर्पित, अनुभवी दक्ष तथा प्रख्यात प्राध्यापक तथा शिक्षाविद्को समूहले हेरल्ड एजुकेसन नेटवर्कभित्र रहेर काठमाडौंको बसुन्धारामा २०६३ मा स्थापना गरिएकोे कलेज हो, हेरल्ड इन्टरनेशनल कलेज ।

सामाजिक, आर्थिक र वैज्ञानिक गतिविधिमार्फत देश र समाजको रुपान्तरण तथा समृद्धिको नेतृत्व गर्नसक्ने विद्यार्थी उत्पादन गर्ने उद्देश्यले कलेजको स्थापना गरिएको बताउँछन् प्रिन्सिपल नारायणप्रसाद उपाध्याय । नैतीक तथा जिम्मेवार नागरिक उत्पादन गर्दै कलेज अगाडि बढिरहेको उनले बताए । ‘विद्यार्थीमा आत्मविश्वास, रचनात्मकता, सकारात्मक सोच, नैतीक मूल्य तथा मान्यताका साथै उद्यमशीलताको विकास गराउने उत्कृष्ट गन्तव्य बन्न कलेज सफल भएको छ,’ उनी भन्छन् ।

कलेजले प्लस टुमा विज्ञान, व्यवस्थापन र मानविकी संकायका विभिन्न विषयको अध्यापन गर्दै आइरहेको छ भने ब्याचलरमा पनि विभिन्न विषय अध्यापन गराइरहेको छ । सोही अनुसार विद्यार्थीले आफ्नो रुचीअनुसारका विषय छनोट गरी अध्ययन गर्न पाउनेछन् ।
विद्यार्थीलाई औपचारिक शिक्षामा मात्र सीमित नराखि विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि विभिन्न गतिविधि कलेजमा सञ्चालन हुने गरेका छन् । प्रतिस्पर्धात्मक विश्व बजारमा आफ्नो क्षमता प्रदर्शन गर्नसक्ने विद्यार्थी कलेजले उत्पादन गरिरहेको छ भने विद्यार्थीको रुची, क्षमता र स्तरका आधारमा विषय छनोटमा पनि कलेजले परामर्श प्रदान गर्दै आइरहेको छ ।

कलेजमा अध्ययन तथा अध्यापनका क्रममा नविनतम विधि र प्रविधिसँगै विद्यार्थी केन्द्रित विधि प्रयोग हुने गरेका छन् । जस्तैः ग्रुप डिस्कशन, केस स्टडी, प्रोजेक्ट वर्क, फिल्ड भिजिट वर्क आदि । विद्यार्थीले गेष्ट लेक्चरर्ससँग अन्तरक्रिया गर्ने अवसर पनि प्राप्त गर्छन् जसले उनीहरुमा थप उर्जा प्रदान गर्छ । अध्ययन अध्यापनका क्रममा विषयअनुसार शैक्षिक सामग्रीको प्रयोग हुने गरेको छ ।

विद्यार्थीका अभिभावकसँग पनि कलेजले अन्तक्र्रिया गर्ने गरेको छ । जसले शिक्षक, विद्यार्थी र अभिभावकलाई जोड्ने कामसमेत गरेको छ । जसका कारण अभिभावकले आफ्ना छोराछोरीको पढाइ तथा गतिविधिका बारेमा जानकारी लिन सक्नेछन् ।

विद्यार्थीको शैक्षिक मूल्यांकनका लागि कलेजमा समय–समयमा क्लास टेष्ट, टर्मिनल एक्जाम, प्रिबोर्ड एक्जाम हुन्छन्् । कमजोर विद्यार्थीका लागि विशेष कक्षा पनि कलेजले सञ्चालन गर्दै आइरहेको छ । विपन्न तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति पनि पाउँछन् ।
विद्यार्थीलाई मानसिक तथा शारीरिक दुवैरुपमा अध्ययनका लागि तयार पारेर मात्र कक्षा सञ्चालन हुने गरेका छन् । जसले विद्यार्थीमा उत्साह ल्याउनुका साथै सिक्न पनि सहज हुन्छ ।

सुविधा सम्पन्न भौतिक संरचनासँगै कलेजमा साइन्स ल्याब, कम्प्युटर ल्याब, इ लाइब्रेरी तथा कक्षाकोठा पनि विद्यार्थीमैत्री छन् । विभिन्न तहका परीक्षामा कलेजले उत्कृष्ट नतिजा ल्याउने गरेकोछ । प्लस टु पछि विभिन्न विषय अध्ययन गर्ने विद्यार्थीे प्रवेश परीक्षामा पनि उत्कृष्ट बन्न सफल छन् ।

You might also like

Comments are closed.