नाडा इभी एक्स्पोमा हिरो इ–स्कुटर खरिदमा बोसको वासिङ मेसिन उपहार

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी नाडा इभी एक्स्पोमा हिरो इ-स्कुटर खरिदमा वासिङ मेसिन लगायतका उपहार प्राप्त गर्न सकिने भएको छ । एक्स्पोमा स्कुटर खरिद गर्ने ग्राहक मध्येबाट एक जनाले लक्की ड्रका आधारमा बोसको वासिङ मेसिन उपहार प्राप्त गर्नेछन् ।

बासिङ मेसिनसँगै अन्य घरायसी सामान उपहार प्राप्त गर्न सकिने डिभिजन हेड अशोक कार्कीले जानकारी दिए । नेपाली बजारमा हिरो इलेक्ट्रिक स्कुटरलाई लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इमोबिलिटीले बिक्री वितरण गर्दै आइरहेको छ ।

बिहीबार सुरु भएको नाडा इभी एक्स्पो आइतबारसम्म चल्नेछ ।

jutta mela

हिरोका इलेक्ट्रिक स्कुटर ३ वटा मोडलमा नेपाली बजारमा उपलब्ध छन् । ८५ देखि १ सय ६० किलोमिटरसम्मको रेन्जमा स्कुटर उपलब्ध रहेको कम्पनीले जनाएको छ । सिंगल र डलब ब्याट्रीको अप्सनमा स्कुटर उपलब्ध छन् ।

You might also like

Comments are closed.