लेखनाथ । चौधरी ग्रुप अन्तर्गतको हेटौंडा डेरी इन्डष्ट्रिज प्रालिले दुध, दही, घ्यु, पनिर, प्लेन र साल्ट ट्रेड बटर, कन्डेन्स मिल्क लगायतका प्रडक्ट बजारमा उपलब्ध गराइरहेको छ । कन्डेन्स मिल्क उत्पादन गर्ने यो उद्योग नेपालमै पहिलो र एकमात्र हो । उद्योगले पछिल्लो समय बजार विस्तारलाई तिब्रता दिएको छ ।
हेटौंडा १९ नेवारपानीमा रहेको उद्योगबाट उत्पादित दूध तथा दूध जन्य पदार्थहरु जनकपुरदेखि पोखरासम्म दैनिक उपलब्ध रहेको सेल्स एण्ड मार्केटिङ हेड नेत्रप्रसाद गौतमले जानकारी दिए । कम्पनीले किसानबाट खरिद गरेको दूध बजारमा बिक्री नभएको अवस्थामा पाउडर दूध बनाएर बजारमा बिक्री वितरण गर्ने गरेको छ । जसले गर्दा किसानबाट धेरै दूध उत्पादन हुँदा पनि बजारको अभाव नहुनलाई कम्पनीले पाउडर दूध बनाएर राख्ने गरेको छ । पाउडर दूध, घ्यु, कन्डेन्स मिल्क लगायतको उत्पादन अर्डर अनुसार देशभरको बजारमा उपलब्ध हुँदै आइरहेको छ । पोखरादेखि मुस्ताङसम्म र लमजुङदेखि मनाङसम्म पनि दैनिक सेवा दिदै आइरहेको गौतमले जानकारी दिए ।
२०५५ सालमा दर्ता भएको यो उद्योग बि.सं. २०६२ बाट चौधरी ग्रुपको व्यवस्थापनमा सञ्चालनमा आएको हो । उद्योगको दैनिक उत्पादन क्षमता २५ हजार लिटर छ । उद्योगबाट १०० जना भन्दा कर्मचारीले रोजगारी पाएका छन् ।
उद्योगले स्थानीय किसानको दूधलाई प्राथमिकतामा राखेर खरिद गरिरहेको गौतमले बताए । ‘हेटौंडा डेरीका कारण स्थानीय किसानको दूधले बजार पाएको छ,’ उनले भने, ‘स्थानीयबाट नपुग दूधमात्रै अन्यत्रबाट मगाउँछौं ।’
लेखनाथ महोत्सवलाई सहप्रायोजन
यसैबीच, हेटौंडा डेरी इन्डष्ट्रिज प्रालिले लेखनाथ महोत्सवलाई सहप्रायोजनमा साथ दिएको छ । लेखनाथ उद्योग वाणिज्य संघले लेखनाथमा आयोजना गरेको महोत्सवलाई डेरीले सहप्रायोजन गरेको हो ।
महोत्सवलाई प्रायोजन गरी सहकार्य गर्न पाउँदा खुसी लागेको गौतमले बताए । ‘पोखरा क्षेत्रमा पनि हेटौंडा डेरीको माग बढ्दो छ,’ उनले भने ।
Comments are closed.