lcci festival

हेटौंडा डेरीद्वारा धुलो दुध कारखाना स्थापना, परीक्षण उत्पादन सुरु

धार्केमा आहाना फुड एन्ड बेभेरेज डेरी उद्योग विस्तार

काठमाडौं । नेपालको डेरी उद्योगमा २ दशक लामो अनुभव बोकेको हेटौंडा डेरी इन्डष्ट्रिज प्रा. लि.ले लगानी विस्तार गरेको छ । उद्योगले आफ्नो क्षमता विस्तार र आधुनिकीकरणलाई प्राथमिकतामा राखेको छ । सीजी ग्रुप अन्तर्गत सञ्चालित यो कम्पनी कन्डेन्स्ड मिल्क (चिनियुक्त संघनित दुध) उत्पादनमा अग्रणी मानिन्छ । यसैक्रममा कम्पनीले क्षमता र लगानी विस्तार गरी धुलो दुध उत्पादन संचालनमा ल्याएको छ ।

हेटौंडा–१९, नेवारपानीमा अवस्थित हेटौंडा डेरी उद्योग तत्कालीन समयमा नेपाली सेना (आर्मी) लाई घोल दूध खुवाउने उद्देश्यले स्थापित यो उद्योगले समयसँगै आधुनिक प्रविधिमा आफूलाई रुपान्तरण गर्दै लगेको छ । पछिल्लो दुई वर्षयता कम्पनीले कन्डेन्स्ड मिल्क उत्पादनका लागि ‘अटोमेसन मेसिन’ (स्वचालित उपकरण) प्रयोगमा ल्याएको छ । जसले उत्पादनलाई थप गुणस्तरीय र प्रभावकारी बनाएको सेल्स एण्ड मार्केटिङ म्यानेजर नेत्रप्रसाद गौतमले बताए ।

कम्पनीले धुलो दुध परीक्षण उत्पादन सुरु गरिसकेको छ । नियमित उत्पादन १५ दिन भित्र पुर्णरुपमा संचालनमा आउने उनले बताए । काचो दूधको अधिक उत्पादन भएको समयमा पुर्णरुपमा खपत होस र हाम्रा मेहेनती किसानहरु लाई नोक्सान नहोस भन्ने उद्देश्यले धुलो दुध उत्पादन कारखाना स्थापना गरिएको गौतम बताउछन् । ‘यो कारखाना स्थापनासँगै कम्पनीले हेटौंडा तथा आसपासका क्षेत्रका किसानहरूबाट उत्पादित दूधलाई सहजै खपत गर्न सक्नेछ ।’

हाल कम्पनीले प्रतिदिन ४० हजार लिटर दूध संकलन गर्दै आएको छ । धुलो दुध उत्पादन सञ्चालनमा आएपछि प्रती दिन थप ३० हजार लिटर दूध संकलन तथा खपत गर्न सफल हुनेछ । कम्पनीको दैनिक दूध संकलन क्षमता ७० हजार लिटर पुग्ने उनले बताए । धुलो दुधको कारखानामा मात्रै १थ करोड रुपैयाँभन्दा बढी लगानी थप भएको कम्पनीले जनाएको छ ।

धादिङमा आहाना फुड एन्ड बेभेरेज ई प्रा.लि. स्थापना
हेटौंडा डेरी इन्डष्ट्रिज प्रा.लि.कै ग्रुप अन्र्तरगतको आहाना फुड एन्ड बेभेरेज ई. प्रा.लि. ले राजधानी नजिकै धादिङको धार्केमा आधुनिक दुध प्रशोधन कारखाना स्थापना गरेको छ । कम्पनीसका अनुसार उपत्यका ( काठमाडौं, ललितपुर, भक्तपुर) र पृथ्वी राजमार्ग केन्द्रित सेवा प्रदान गर्ने उद्देश्यले धादिङमा उद्योग स्थापना गरिएको हो ।

‘हेटौंडा र धादिङमा गरी हामी दैनिक करिब एक लाख लिटर दूध संकलनको क्षमतामा काम गरिहेका छौं,’ उनले भने, ‘नेपाली किसान र उपभोक्ता दुवैलाई लाभ हुने गरी हामीले काम गरेका छौं ।’

हेटौंडा डेरीले हाल पूर्वमा कोशी वारीदेखि पश्चिममा हिमाल पारीको जिल्ला मनाङ–मुस्ताङसम्म आफ्ना दुग्धजन्य उत्पादनहरू वितरण गरिरहेको छ । कम्पनीको दूध बागमती, मधेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका जिल्लाहरूमा वितरण भइरहेको छ । कम्पनीको उत्पादन कन्डेन्स्ड मिल्क भने देशभर पुगिरहेको गौतमले भने ।

आफ्नो उत्पादन क्षमतामा उल्लेख्य वृद्धि, नयाँ प्रविधिको प्रयोगसँगै हेटौंडा डेरीले बजार विस्तारलाई तिब्रता दिएको छ । धादिङमा प्लान्ट स्थापनासँगै थप ५०  जनाले रोजगारी पाएका छन् । हाल दुवै प्लान्टमा गरी १५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

You might also like

Comments are closed.