जेनजी प्रदर्शनपछि हेटौंडा उपमहानगरको बजेट संशोधन हुने

हेटौंडा । जेनजी प्रदर्शनका क्रममा भएको संरचनात्मक क्षति र राजस्व लक्ष्यमा कमी आउने अनुमान गर्दै हेटौंडा उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०८२/८३ को बजेट संशोधन गर्ने निर्णय गरेको छ ।

२३ असोजमा बसेको कार्यपालिका बैठकले २ अर्ब ९० करोड रुपैयाँको बजेट संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । प्रदर्शनका कारण प्रशासनिक भवन, वडा कार्यालय र सवारीसाधनमा ३२ करोड ६५ लाख रुपैयाँको क्षति भएको मूल्यांकन समितिको प्रतिवेदन पनि स्वीकृत गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत भरत गौतमका अनुसार प्राथमिकता परिवर्तन र राजस्व घट्ने अनुमानका कारण बजेट पुनः लेखन आवश्यक भएको हो । अनावश्यक योजना कटौती गरी ५० करोड रुपैयाँ घटाएर बजेट करिब २ अर्ब ४० करोडमा सीमित गरिनेछ ।

प्रवक्ता सविन न्यौपानेले तत्काल आवश्यक नदेखिएका योजना कटौती गरी पुनर्निर्माण र राहतमुखी कार्यक्रममा जोड दिने तयारी भइरहेको बताए ।

You might also like

Comments are closed.