पोखरा । नेपालको डेरी उद्योगमा २ दशक लामो अनुभव बोकेको हेटौंडा डेरी इन्डष्ट्रिज प्रालिले लेखनाथ महोत्सवलाई साथ दिएको छ । बिएलसी ग्रुप अन्तर्गतको हेटौंडा डेरीले महोत्सवलाई सहप्रायोजन गरेकोछ । सोही ग्रुप अन्तर्गतको नर्भिक हस्पिटल र पशुपती विस्कुटसँगै सहप्रायोजनमा हेटौंडा डेरी जोडिएको हो ।
लेखनाथ महोत्सवमा बिगतदेखि नै जोडिएर सहकार्य गर्न पाउँदा खुसी लागेको हेटौंडा डेरीका सेल्स एण्ड मार्केटिङ म्यानेजर नेत्रप्रसाद गौतमले बताउँछन् । ‘हेटौंडा डेरीका उत्पादनहरु बिगत १० वर्षदेखि पोखरा क्षेत्रमा बिक्री वितरण भइरहेको छ’ उनले भने, ‘हाम्रा उत्पादनहरु यस क्षेत्रमा लोकप्रिय पनि भइरहेका छन् ।’ लेखनाथ, पोखरासहित गण्डकी प्रदेशका सबै जिल्लामा हेटौंडा डेरीका उत्पादन पुगिरहेको गौतमले जानकारी दिए । ‘हिमाल पारिको जिल्ला मनाङ मुस्ताङसम्म हाम्रा उत्पादन पुगिरहेको छ,’ उनले भने ।
तराईमा प्रोसेसिङ गरी पर्यटनको राजधानी शहर पोखरासहित गण्डकी, बागमती र मधेश प्रदेशका अधिकांश ठाउँ र लुम्बिनी प्रदेशका केही जिल्लामा हेटौंडा डेरीले बजार विस्तार गरिसकेको छ । स्वच्छ र गुणस्तरीय दूध खान पाउने उपभोक्ताको अधिकारलाई आफूहरुले सुनिश्चित गरेको गौतमको भनाइ छ । लेखनाथ महोत्सवले कृषिलाई प्राथमिकतामा राखेको र आफूहरुले पनि महोत्सवलाई प्रवद्र्धन गर्न सहकार्य गरेको उनले बताए ।
लगानी विस्तार
नेपालको डेरी उद्योगमा २ दशक लामो अनुभव बोकेको हेटौंडा डेरी इन्डष्ट्रिज प्रा.लि.ले लगानी विस्तार गरेको छ । उद्योगले आफ्नो क्षमता विस्तार र आधुनिकीकरणलाई प्राथमिकतामा राखेको छ । यो कम्पनी कन्डेन्स्ड मिल्क (चिनियुक्त संघनित दूध) उत्पादनमा अग्रणी मानिन्छ । यसैक्रममा कम्पनीले क्षमता र लगानी विस्तार गरी धुलो दूध उत्पादन संचालनमा ल्याएको छ ।
हेटौंडा–१९, नेवारपानीमा अवस्थित हेटौंडा डेरी उद्योग तत्कालीन समयमा नेपाली सेना (आर्मी) लाई घोल दूध खुवाउने उद्देश्यले स्थापना गरिएको हो । उद्योगले समयसँगै आधुनिक प्रविधिमा आफूलाई रुपान्तरण गर्दै लगेको छ । पछिल्लो दुई वर्षयता कम्पनीले कन्डेन्स्ड मिल्क उत्पादनका लागि ‘अटोमेसन मेसिन’ (स्वचालित उपकरण) प्रयोगमा ल्याएको छ । जसले उत्पादनलाई थप गुणस्तरीय र प्रभावकारी बनाएको छ ।
कम्पनीले धुलो दूध उत्पादन परीक्षण सुरु गरिसकेको छ । छिट्टै नियमित उत्पादन सुरु हुने गौतम बताउँछन् । काचो दूधको अधिक उत्पादन भएको समयमा पूर्णरुपमा खपत होस् र मेहेनती किसानहरुलाई नोक्सान नहोस् भन्ने उद्देश्यले धुलो दूध उत्पादन कारखाना स्थापना गरिएको उद्योगले जनाएको छ ।
नेत्रप्रसाद गौतम
सेल्स एण्ड मार्केटिङ म्यानेजर, हेटौंडा डेरी
विगत १० वर्षदेखि पोखरा क्षेत्रमा हेटौंडा डेरीका उत्पादनहरू उपलब्ध छन् । अहिले मनाङ र मुस्ताङसम्म पुगेका छन् । कम्पनीले कन्डेन्स्ड मिल्क उत्पादनका लागि अटोमेसन मेसिन प्रयोगमा ल्याई गुणस्तर वृद्धि गरेको छ । किसानको दूध खेर नजाओस् भन्ने उद्देश्यले कम्पनीले धुलो दूध उत्पादनको परीक्षण सुरु गरिसकेको छ । हामीले स्वच्छ र गुणस्तरीय दुग्ध उत्पादनमा जोड दिएका छौं । बीएलसी ग्रुप अन्तर्गतको यो उद्योगले कृषिलाई प्राथमिकता दिइरहेको लेखनाथ महोत्सवसँग सहकार्य गर्न पाउँदा खुसी लागेको छ ।




Comments are closed.