विश्व प्रसिद्ध हाइगरको कमर्सियल विद्युतीय गाडी नेपाल आउने, बुकिङ खुल्ला

काठमाडौं । विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्रिने भएको छ । शशिला मोटर्सले यो गाडीलाई नेपाल भित्र्याउन लागेको हो । नेपाल भित्र्याउन कम्पनीसँग भएको सहमतिसँगै नयाँ ईभी भ्यानको मूल्यसमेत सार्बजनिक गर्दै बुकिङ खुल्ला गरिएको छ । गाडीको मूल्य ७२ लाख ९० हजार निर्धारण गरिएको छ ।

१३० भन्दा धेरै देशहरुमा यो गाडी बिक्री हुँदै आइरहेको छ । हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’को उपाधि पाइसकेको कम्पनी हो । हाइगर इभी भ्यानले सिंगल चार्जमा २५० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । यस्तै यसमा ७० किलोवाट आवर क्षमताको कटिङ एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक छ ।

कोलिजन अभोइडेन्स् सिस्टम, लेन डिपार्चर वार्निङ्ग तथा एअर ब्याग सिस्टमहरु सहितको सुरक्षाका विशेषतायुक्त एअर ब्याग भएको नेपालको पहिलो इभी भ्यान रहेको कम्पनीको दावी छ ।

यो इभीमा सहज यात्राका लागि आरामदायी सिट एवं पर्याप्त खुल्ला ठाँउ, यात्रुको सुविधाका लागि एअर कण्डिसनसहित आन्तरिक सजावट भएको र नेपालको बाटो सुहाउँदो २०० एमएम उचाई ग्राउण्ड क्लियरेन्स भएको कम्पनीले जानकारी गराएको छ ।

कम्पनीका अनुसार हाइगर इभी भ्यानमा ९० किलोवाट पावर र ३५० एनएम टर्कसहित उत्कृष्ट तान्ने क्षमता छ । त्यस्तै, एलोइ हृवील र २१५ आर ७५ टायर साईज, १६ पिआरसहितको पहिलो इभी भ्यान जसले गाडीको रेञ्ज र स्ट्याबिलिटी बढाउने कम्पनीको भनाई छ ।

कम्पनीका अनुसार यात्रुको सुविधाका लागि एयर कण्डिसनसहित उत्कृष्ट इन्टेरियर डिजाइन गरिएको छ । नेपालको बाटो सुहाउँदो २०० एमएमको ग्राउण्ड क्लियरेन्स यसमा उपलब्ध छ । यसमा भएको ९० किलोवाट पावरले ३५० एनएम टर्क उत्पादन गर्न सक्छ ।

You might also like

Comments are closed.