दही चिउरा प्रवर्द्धन गर्न होटल लेमन ट्रि प्रिमियर र हाइलाइफबीच सहकार्य

काठमाडौं । नेपाली बजारमा एफएमसिजि प्रडक्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको प्रशिद्ध ब्राण्ड हाइलाइफ र होटल लेमन ट्रि प्रिमियरबीच सहकार्य भएको छ ।

असार १५ दही चिउरा खाने दिन तथा राष्ट्रिय धान दिवसको सन्दर्भमा हाइलाइफ र बुढानिलकण्ठमा रहेको पाँचतारे होटल लेमन ट्रि प्रिमियरबीच सहकार्य भएको हो ।

दही चिउराको प्रवर्द्धन गर्ने र किसानले गरेको मेहेनतलाई कदर गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि हाइलाइफ र होटलबीच सहकार्य भएको बताइएको छ ।

दही चिउरा प्रदर्द्धनको उद्देश्यसहित १० जना सेलिब्रेटीलाई होटल लेमन ट्रिमा आतिथ्यताका लागि निमन्त्रणा गरिने जनाइएको छ । आतिथ्यतामा आएका सेलिब्रेटीलाई दही चिउरा खुवाउने कार्यक्रम तय भएको छ । यसको व्यवस्था होटलले मिलाएको कम्पनीले जनाएको छ । नेपाली कृषि उत्पादनको प्रवर्द्धन, किसानलाई सम्मान, नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकता दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्ने गरी कार्यक्रम हुने हाइलाइफले जनाएको छ ।

You might also like

Comments are closed.