ब्रेकफास्टदेखि डिनरसम्म हाइलाइफ, चामलपछि दालमा विस्तार

काठमाडौं । खाद्य तथा उपभोग्य वस्तुको क्षेत्रमा सक्रिय हाइलाइफ फुड्सले आफ्नो उत्पादन दायरा थप विस्तार गर्दै यस वर्षदेखि दालको व्यवसायसमेत सुरु गरेको छ। कम्पनीले बजारमा मुङ दाल, मुसुरो दाल, मुङ खोस्टा, रहर दाल र मास दाल सार्वजनिक गरेको हो।

गतवर्ष बासमती चामल बजारमा ल्याएको कम्पनीले दैनिक भान्सामा प्रयोग हुने प्रमुख खाद्य सामग्रीमा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीतिअनुसार दालका उत्पादन थपेको जनाएको छ। नयाँ दाल उत्पादन आकर्षक प्याकेजिङसहित बजारमा उपलब्ध गराएको छ।
हाइलाइफले बिहानको ब्रेकफास्टदेखि दिउँसोको लन्च र बेलुकाको डिनरसम्म आवश्यक पर्ने खाद्यान्न सामग्री उपलब्ध गराउने ब्रान्डका रूपमा आफूलाई स्थापित गर्ने रणनीतिमा अघि बढिरहेको छ।

हाइलाइफका अध्यक्ष अम्बिकाप्रसाद पौडेलका अनुसार कम्पनीले एफएमसीजीअन्तर्गत हालसम्म २० भन्दा बढी उत्पादन बजारमा ल्याइसकेको छ। कुरुमकुरुम चिउरा, चोको प्लस, कर्नफ्लेक्स, मसौरा, बेसन, पिनट बटर, मुस्ली, केचप, जाम, बदाम, चिया सिड्स, पेस्तालगायतका उत्पादन बजारमा उपलब्ध रहेको उनले बताए।

दालको नयाँ रेन्जमा मुङ दाल, मुसुरो दाल, मुङ खोस्टा, रहर दाल र मास दाल समावेश छन्। दैनिक नेपाली भान्सामा व्यापक रूपमा प्रयोग हुने यी दाललाई गुणस्तर र सहज उपलब्धतालाई ध्यानमा राखेर बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

पछिल्लो समय हाइलाइफ फुड्सले विभिन्न खाद्य उत्पादनमा लगानी बढाउँदै आफ्नो व्यावसायिक दायरा विस्तार गरिरहेको छ। किसान, उपभोक्ता तथा समुदायसँगको सहकार्यमार्फत रोजगारी सिर्जना, उत्पादन क्षमता वृद्धि तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने लक्ष्य कम्पनीले लिएको जनाएको छ।

हाइलाइफ फुड्सले यसअघि चिउरा, कर्नफ्लेक्स, चोको प्लस, ओट्स, सोयाबिन, आटा, चियापत्ती, बेसनलगायतका खाद्य वस्तु उत्पादन तथा वितरण गर्दै आएको छ। गतवर्ष बासमती चामल र यस वर्ष दालका पाँच नयाँ उत्पादन थपिएसँगै कम्पनीले दैनिक भान्साका आवश्यक खाद्य सामग्रीमा आफ्नो उपस्थिति थप बलियो बनाएको छ।

You might also like

Comments are closed.