हिमाल कलेज अफ म्यानेजमेन्ट र एभरेष्ट होटल ट्रेनिङबीच सहकार्य हुने 

पोखरा । छोटो समयमा नै संख्यात्मक तथा गुणात्मक इतिहास रच्न सफल कलेज हो हिमाल कलेज अफ मेनेजमेन्ट । पोखराको बगालेटोलमा रहेको कलेजले विद्यार्थीलाई सैद्धान्तिकसँगै प्रयोगात्मक माध्यमबाट शिक्षा प्रदान गरिरहेको छ । सिकाएको सिकाईलाई व्यवहारिक र व्यावसायिक जीवनमा प्रयोग गर्न पनि कलेजले वातावरण सिर्जना गरिरहेको छ ।

अन्तर्राष्ट्रियस्तरको सेवाको अनुभुतीका लागि होटल म्यानेजमेन्टका विद्यार्थीले प्रयोगात्मक पढाईका लागि एभरेष्ट होटल ट्रेनिङ सेन्टरमा प्रयोगात्मक अध्ययन गर्न पाउने छन् । कलेज र ट्रेनिङ सेन्टरबीच सहकार्य गर्ने सम्झौता भएको हो ।

हिमाल कलेज अफ म्यानेजमेन्टसँग सहकार्य गर्न पाउदा खुसी लागेको सेन्टरका प्रोपाइटर महेश श्रेष्ठले बताए । विद्यार्थीलाई प्रयोगात्मक शिक्षा प्राप्त गर्न र हस्पिटालिटी क्षेत्रमा काम गर्न सहज होस भनेर सेन्टरसँग सहकार्य गरिएको कलेजका प्रिन्सिपल हरि कार्कीले बताए ।

jutta mela

गत वर्षको विविएसको रिजल्टमा कलेज गण्डकी प्रदेशमा नै उत्कृष्ट बन्न सफल भएको कलेजका प्रिन्सिपल हरि कार्कीले बताए । ‘व्यवस्थापन विषयका उत्कृष्ट शिक्षक तथा व्यवसायीको लगानी रहेको कलेजमा प्रोजेक्ट बेस अन्तर्गत पढाई हुन्छ,’ उनले भने ।

You might also like

Comments are closed.