पोखरा । हिमाल कलेज अफ म्यानेजमेन्टले विद्यार्थीहरुलाई व्यावसायिक तालिम सुरु गरेको छ । विद्यार्थीको व्यवसायिक तथा व्यवहारिक क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरिएको हो ।
असार १३ देखि १५ गतेसम्म चल्ने तालिममा कक्षा ११ को परीक्षा दिएर बसेका विद्यार्थीलाई क्षमता अभिवृद्धिका लागि तालिम दिइने क्याम्पस प्रमुख हरि कार्कीले बताए । विद्यार्थीलाई सैद्धान्तिक मात्रै होइन व्यवहारिक ज्ञान पनि दिनुपर्छ भनेर हिमाल कलेजले तालिम दिन लागेको हो, उनले भने, विद्यार्थीहरुको एकदमै उत्साहपूर्ण सहभागीता छ ।
हिमाल कलेजले बिबिएसको पहिलो र दोस्रो वर्ष लगातार गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याएर गुणात्मक हिसाबले पनि महत्वपूर्ण शैक्षिक उपल्ब्धी प्राप्त गरिसकेको छ । पोखराको बगालेटोलमा अवस्थित यस कलेजबाट ४ सय बढी विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तिर्ण भई सकेका छन् ।
तालिम ३ दिनसम्म दैनिक ३ घण्टासम्म चल्ने छ ।
Comments are closed.