काठमाडौं । चीन र नेपालको सम्बन्धमा नेपाल लासा सिधा हवाई उडान दोश्रो सेतुकोरुपमा स्थापीत भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् । विहिबार हिमालाइन एयरलाइन्सको काठमाडौ ल्हासा उडानको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
मन्त्री किरातीले भने, ‘सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो । त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ । अब दोस्रो प्रमुख सेतु हुनेछ । नेपालबाट तिब्बतमा हुने सोझो हवाइ उडान । तिब्बतको ल्हासामा प्रति वर्ष लगभग १ करोड पर्यटकहरु घुम्न आउने गर्छन् जसमध्ये ठूलो सङ्ख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरुको हुने गर्छ जसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्र्याउन सकियो भने अर्थतन्त्रमा ठूलो टेवा पुग्ने छ ।’
‘नेपाल र चीनबीचको सम्बन्धमा केही ऐतिहासिक व्यक्तिले कोशेढुङ्गाको काम गरेका छन् । पाँचौँ शताब्दीमा बुद्धभद्रले बुद्धसूत्रको अनुवाद गर्दै चीनमा बुद्धधर्मको प्रचार गर्ने काम गरे। सातौँ शताब्दीमा बेहुली बनेर तिब्बत गएकी राजकुमारी भृकुटीले नेपाली कला र संस्कृतिलाई तिब्बतभर छर्ने काम गरिन्। १३ औँ शताब्दीमा अरनिकोले चीनलाई कर्म थलो बनाएर नेपाली बास्तुकलालाई चीनमा परिचित गराए । चिनियाहरुले गौतम बुद्ध जन्मिएको देश र एक असल मित्र राष्ट्र भनेर मान्छन् । एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता रहेको छ’, मन्त्री किरातीले भने ।
कोम्निङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ, चोङ्कुइङ,कोङ्मिङ पछि ल्हसामा समेत गरेर ६ गन्तव्यमा उडान हुन थालेको हो । यस संगै ल्हासामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रुपमा हिमालाइन एयरलाइन्स रहेको छ ।
Comments are closed.