काठमाडौं । नेपालको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्स (IATA: H9) ले जुन ०४, २०२६ देखि नेपालको राजधानी काठमाडौं र चीनको ‘सिलिकन भ्याली’का नामले प्रख्यात शेन्जेनबीच ऐतिहासिक सिधा उडान सेवा सुरु गरेको छ । हिमालय एअरलाइन्स्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA), काठमाडौँबाट शेन्जेनस्थित शेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थल (SZX) बीच साप्ताहिक दुई सिधा उडानहरू सेवा आरम्भ गरेको छ । यो नेपालको नागरिक उड्डयन इतिहास तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको दृष्टिकोणबाट एक महत्वपूर्ण र ऐतिहासिक उपलब्धि हो ।
काठमाडौँ–शेन्जेन उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुन ०४, २०२६ मा नेपाली स्थानीय समयअनुसार राति ०९ः५९ बजे ९८ यात्रुसहित प्रस्थान ग¥यो । जुन ०५ मा उक्त उडान चीनको स्थानीय समयअनुसार बिहान ०४ः१७ बजे शेन्जेन स्थित शेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण ग¥यो । त्यसैगरी, शेन्जेन–काठमाडौँ उडान ले शेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुन ०५, २०२६ मा चीनिया स्थानीय समयअनुसार बिहान ०६ः१२ मा १५७ यात्रुसहित प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समयअनुसार बिहान ०८ः२६ मा काठमाडौँ अवतरण ग¥यो । काठमाडौँबाट शेन्जेनका लागि प्रत्येक मङ्गलबार र बिहीबार प्रस्थान उडान हुनेछ भने शेन्जेनबाट काठमाडौंका लागि फर्कने उडान प्रत्येक बुधबार र शुक्रबार सञ्चालन हुनेछ ।
यो नयाँ सेवा सुरु भएसँगै यसले यात्रुहरूको पहुँचमा वृद्धि गर्दै नेपाल र चीनबीचको लामो समयदेखिको सम्बन्धलाई अझै मजबुत बनाउने छ । यस पहलका साथ, हामीले काठमाडौं–शेन्जेन–काठमाडौं मार्गलाई प्रवद्र्धन गर्दै हाम्रा यात्रुका लागि आरामदायी र रमणीय यात्रा विकल्पहरू उपलब्ध गराउने लक्ष्य राखेका छौँ, आफ्ना यात्रुहरूलाई गुणस्तरीय सेवा र सुरक्षित यात्राको अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध छ । यो मार्गमा उडान शुभारम्भ भएसँगै नेपाल र चीन दुवै लाभान्वित भई पर्यटन र व्यापारिक अवसरहरू बढ्ने अपेक्षा गरेका छौँ , एअरलाइन्सले भनेको छ ।
हिमालय एअरलाइन्ससँग यात्रा गर्न चाहने यात्रुले एअरलाइन्स्को टिकटिङ काउन्टरहरू, अधिकारिक ट्राभल पार्टनरहरूका साथै एअरलाइन्स्को आधिकारिक वेबसाइट र हिमालय एअरलाइन्स् मोबाइल एप्लिकेसनबाट पनि काठमाडां–शेन्जेन–काठमाडौं उडानको टिकट बुक गर्न सक्नेछन् ।
हिमालय एअरलाइन्स नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पु¥याउनु नै यस एअरलाइन्स््का मुख्य दुई उद्देश्यहरू हुन् । हिमालय एअरलाइन्स्, तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड ९त्ऋब्म्क्ष्ऋ० र यती वल्र्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित विमान कम्पनी हिमालय एअरलाइन्सले ।
एअरलाइन्ससँग हाल ४ वटा विमानहरू छन्, तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एअरलाइन्स््ले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू – संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ ।
एअरलाइन्सले साउथ एशियन ट्राभल अवार्डस २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एशियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्स रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सन् २०२० मा यसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो । विमान मर्मत र ईन्जिनियरिङ् सेवाहरूमा पु¥याएको उच्च व्यवस्थापन र क्षमताप्रति उक्तप्रमाणिकरण प्राप्त गरेको हो । डिसेम्बर २९, २०२१ मा एअरलाइन्स अर्को महत्वपूर्ण आईएसओ ९००१ः२०१५ प्राप्तगर्ने नेपालको पहिलो एयरलाइन बन्यो । हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहित यात्रुहरू र कार्गो सेवाकालागि उच्च स्तरिय सेवा प्रदान गरे बापत उक्त प्रमाणीकरण प्राप्त भएको हो । सो प्रमाणीकरणले एअरलाइन्स गुणस्तरप्रतिको प्रतिबद्धता र उच्च कार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ । डिसेम्बर २८, २०२३मा, क्ष्इक्ब् अपरेटरको रूपमा प्रमाणित र क्ष्ब्त्ब् सदस्य एअरलाइन्सको रूपमा दर्ता भएको हिमालय एएअरलाइन्स नेपालको पहिलो र एकमात्र एअरलाइन्स होे ।
सन् २०२१ को सेप्टेम्बरदेखि एअरलाइन्सले आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स (AEDs) जडान गरेको थियो । योसँगै एअरलाइन्स (AEDs) जडान गर्ने नेपालकै पहिलो र एक मात्र नेपाली वायुसेवा कम्पनी बनेको छ । हवाइ सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फमेन्स र मुख्यतः आफ्ना ग्राहकहरुको सेवामा आफूलाई पहिलो छनौटको भरपर्दो एअरलाइन्स रुपमा स्थापित गरेको र दक्षिण एशियाकै अग्रणी एअरलाइन्सका रूपमा प्रतिस्थापित हुन चाहेको एअरलाइन्सले जनाएको छ ।







Comments are closed.