हिमालय एअरलाइन्स आठौं वर्षमा प्रवेश

काठमाडौं । हिमालय एअरलाइन्स आठौं वर्षमा प्रवेश गरेको छ । एयरलाइन्सले बुधबार एक कार्यक्रमबीच सातौं वार्षिकोत्सव मनाएको छ । एअरलायन्सले कर्मचारीहरुबीच आन्तरिक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । बिगत २ वर्षसम्म कोरोना महामारीका कारण वार्षिकोत्सवमा औपचारिक कार्यक्रम नगरेको एअरलायन्सले यस वर्ष भने कार्यक्रम गरेको छ ।

तिब्बत एअरलाइन्स डेभलपमेन्ट एण्ड इन्भेष्ट कम्पनी लि. र नेपालको यती वर्ल्ड इन्भेष्टमेन्ट प्रा.लि.को जोइन्ट भेन्चरमा हिमालय एअरलान्यसले बिगत ७ वर्षदेखि नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । एअरलायन्सले नेपालबाट दोहा, दम्माम, रियाद, क्वालालम्पुर, ढाका र दुवईमा फ्लाइट गरिरहेको छ । कुवेत र बहराइनमा उडान थप गर्ने तयारीमा एअरलाइन्स रहेको हिमालय एअरलाइन्सकी ब्राण्ड तथा सेवा सुधार विभाग प्रमुख उज्ज्वला दलीले जानकारी दिइन् ।

वार्षिकोत्सवको अवसरमा बोर्ड चियरमेन QI Tengwu शुभकामना सन्देश पठाउँदै कोरोना महामारीको समयमा समेत सेवामा खटिने कर्मचारी, यात्रु लगायत सम्पूर्णप्रति आभार तथा कृतज्ञता ज्ञापन गरेका छन् ।

हिमालय एयरलाइन्स गत वर्ष आइएसओ ९००१ः२०१५ सर्टिफाइड भएको थियो । नेपालमै सर्वप्रथम आइएसओ सर्टिफाइड हुने एयरलाइन्स कम्पनी हिमालय एयरलाइन्स बनेको थियो । एयरलायन्सले ९ मार्च २०१५ मा एयरलाइन्स अपरेटर सर्टिफिकेट प्राप्त गरेको थियो ।

lcci
You might also like

Comments are closed.