हिमालय एअरलाइन्सद्वारा ‘क्लिक एण्ड सेयर एच९’ फोटो प्रतियोगिता आयोजना

काठमाडौं । हिमालय एअरलाइन्सले मार्च ९ मा सातौं वर्ष पुरा गरी आठौं वर्ष प्रवेश गरेको छ । आन्तरिक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको एअरलाइन्सले वार्षिकोत्सवको सन्दर्भमा ‘क्लिक एण्ड सेयर एच९’ फोटो प्रतियोगिता सुरु गरेको छ ।

प्रतियोगितामा सहभागी भाग्यशाली विजेताले चीनका क्षेत्रहरू बाहेक एच९ क्षेत्रमा कुनै पनि राउन्ड ट्रिप टिकट जित्ने मौका पाउने एअरलायन्सले जनाएको छ । एअरलाइन्सद्वारा आयोजित प्रतियोगितामा इच्छुक जो पनि सहभागी हुन सक्नेछन् ।

प्रतियोगितामा कसरी सहभागी हुने ?

  • एच९ (हिमालय एअरलाइन्सको लोगो) सहित फोटो खिच्ने। फोटोमा एच९ लोगो पूर्ण रुपमा देखिनु पर्नेछ
  • यसरी खिचेको फोटो हिमालय एअरलाइन्सको आधिकारिक फेसबुक म्यासेजमा पठाउनुपर्नेछ। फोटो चैत ६ गते(मार्च २०,२०२२) मध्यरातसम्म पठाइसक्नुपर्नेछ।
  • छनोट भएका फोटोहरु चैत ८ गते (मार्च २२) हिमालय एअरलाइन्सको आधिकारिक फेसबुक पेजमा अपलोड गरिनेछ।
  • प्रतियोगितामा सहभागी हुने तथा भोट हाल्ने व्यक्तिले हिमालय एअरलाइन्सको आधिकारिक फेसबुक पेज लाइफ र फलो गर्नुपर्नेछ।
  • सहभागीहरुले हिमालय एअरलाइन्सको आधिकारिक फेसबुक पेजमा अपलोड भएको आफ्नो फोटोमा अधिकतम लाइक बटुल्नुपर्नेछ (सहभागीको व्यक्तिगत फेसबुक पेजमा अपलोड भएको फोटोको लाइक गणना गरिने छैन)।
  • भोटिङ चैत २२ गते (अप्रिल ५) दिउँसो २ बजेसम्म खुला रहेन छ। विजेताको घोषणा चैत २५ गते (अप्रिल ८) हिमालय एअरलाइन्सको आधिकारिक फेसबुक पेजमार्फत गरिनेछ।

हिमालय एअरलाइन्स आठौं वर्षमा प्रवेश

You might also like
Ram Tulasi Palpa

Comments are closed.