हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्सबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता

काठमाडौं । नेपालमा वातावरण मैत्री, आधुनिक र दिगो यातायात सेवालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ हिमालय अर्गनाइजेसन (आयाम इन्टरकन्टिनेन्टल प्रा. लि., हिमालय मोटोरेक्स प्रा. लि. तथा सम्बद्ध कम्पनीहरू) र गोर्खाज फाइनान्स लिमिटेडबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस रणनीतिक सहकार्यसँगै अब देशभरिका ग्राहकहरूले हिमालय अर्गनाइजेसनद्वारा बिक्री–वितरण गरिने सम्पूर्ण कमर्सियल तथा विद्युतीय सवारी साधनहरूको खरिदमा ८०% सम्म सहज र झन्झट रहित फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।
उक्त समझदारी पत्रमा हिमालय अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटी र गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार ग्राहक तथा यातायात व्यवसायीले प्रतिस्पर्धी ब्याजदरमा ७ वर्ष सम्मको लचिलो भुक्तानी अवधिसहित ८०% सम्म सवारी कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकको सुविधालाई ध्यानमा राख्दै सम्पूर्ण आवश्यक कागजात पेस भएको ३ देखि ५ कार्यदिन भित्र कर्जा स्वीकृति हुने द्रुत व्यवस्था मिलाइएको छ । यो कर्जा सुविधा गोर्खाज फाइनान्सका देशभर रहेका सम्पूर्ण शाखा सञ्जाल मार्फत तुरुन्तै लागू हुनेछ ।

पोखरामा कर्पोरेट कार्यालय र काठमाडौँको गैह्रीधारामा प्रमूख कार्यालय रहेको हिमालय अर्गनाइजेसन नेपालको एक अग्रणी व्यावसायिक घराना हो, जसले बजारमा भरपर्दो, नवप्रवर्तनकारी र लागत–प्रभावी मोबिलिटी समाधानहरू भित्र्याउदै आएको छ । देशव्यापी सेल्स, सर्भिस, स्पेयर पाट्र्स तथा चार्जिङ पूर्वाधार मार्फत संस्थाले विद्युतीय सवारी साधन, आधुनिक सार्वजनिक यातायात र हेभी–ड्युटी ढुवानी क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

नेपालको भौगोलिक बनावट र व्यावसायिक यातायातको मागलाई सम्बोधन गर्न हिमालय अर्गनाइजेसनले विश्वविख्यात अन्तर्राष्ट्रिय ब्रान्डहरूको आधिकारिक बिक्रेता भई उक्त सवारी सधानको आयात तथा बिक्री–वितरण गर्दै आएको छ ।

फच्र्युन ५०० सूचीमा सूचीकृत विश्वकै अग्रणी अटोमोबाइल निर्माता ‘साइक मोटर’ (SAIC Motor)को प्रिमियम ब्रान्ड म्याक्सस पिकअप सबै भन्दा शक्तिशाली ब्याट्री क्षमता, फोर व्हिल ड्राइभ, सनरुफ, एयर सस्पेन्सन सिस्टम, आवश्यक्ता अनुसार ग्राउण्ड क्लियरेन्स बढाउन वा घटाउन सकिने, उच्च भारवहन क्षमता र लक्जरीयस बिलासी कार भन्दा बढि आरामदायी क्याबिन, सबै भन्दा बढि सुरक्षा मापदण्ड भएको बिशेषताको लागि प्रख्यात छ । यसले नेपालको कठिन सडकमा भरपर्दो प्रदर्शन गर्नुका साथै कार जस्तै विलासी यात्रा अनुभव प्रदान गर्दछ ।

चीनको शीर्ष चार अटोमोबाइल समूह मध्येको एक डोङफेङका आधुनिक विद्युतीय ठूला बसहरु निर्माणमा प्रख्यात रहेको छ । डोङफेङका इलेक्ट्रिक बसहरू शान्त यात्रा र न्यून सञ्चालन खर्चका लागि परिचित छन् । जम्मा १२०० रुपैयाको चार्जले ३०० किमि देखि ४५० किमि भन्दा बढि रेन्ज दिने सहरी सार्वजनिक यातायात र शिक्षण संस्थाहरूका लागि यी बसहरू अत्यन्तै भरपर्दा, सुरक्षित र वातावरण मैत्री छन् । सहरी सार्वजनिक यातयातमा २६ देखि ५० सिट क्षमता, एसी भएको वा एसी नराखी, दुई ढोका राखेर वा एक मात्र ढोका राखेर सञ्चालन गर्न सकिन्छ । यी बसहरु ७ मिटर, ९ मिटर, १० मिटर, ११ मिटर, १२ मिटर साइजमा ग्राहकको रोजाई अनुसार खरिद गर्न सकिने हिमालयन अर्गनाइजेशनका प्रमूख कार्यकारी अधिकृत शिवाकोटीले बताए । उनका अनुसार डोङफेङका बसहरु नेपालमा आई सकेकोले ग्राहकहरुले हेर्न र टेष्ट राइड गर्न सक्ने तथा बुकिङ गर्न सक्ने छन् ।

हरित ढुवानी र हेभी–ड्युटी लजिस्टिक क्षेत्रमा विशेषज्ञता हासिल गरेको ट्राइ–रिङका विद्युतीय ट्रक तथा टिपरहरू उच्च टर्क र मजबुत चेसिसका साथ उपलब्ध छन् । यसले पूर्वाधार निर्माण, उद्योग र ढुवानी क्षेत्रलाई लागत न्यूनीकरण गर्दै भरपर्दो सेवा दिन मद्दत गर्दछ । ४ टन देखि ३१ टन क्षमताका इभि ट्रकहरु उपलब्ध रहेको र यी ट्रकहरुले पन्ध्र सय रुपैयाको चार्जले ३५० किमि देखि ४५० किमि सम्म रेन्ज दिने क्षमताका रहेका छन् । बीरगञ्ज काठमाडौं १० टन समान बोकेर लगभग पन्ध्रसय रुपैयाको चार्जले पुग्ने कम्पनीको दाबी छ । यसले उल्लेख्य ढुवानी खर्चमा बचत हुनुका साथै लजिष्टिकको बर्तमान खर्चिलो अवस्थालाई धेरै ठूलोमा मात्रामा कम गर्ने छ ।

दक्षिण एसियामै आफ्नो मजबुत बनावट, टिकाउपन र उत्कृष्ट इन्धन दक्षताका लागि फोर्स मोटर्स चर्चित छ । माइक्रोबस देखि बहुउपयोगी ढुवानी साधनसम्म, फोर्स मोटर्स नेपालको कठिन भौगोलिक सडक सञ्जालमा वर्षौँदेखि विश्वासिलो विकल्प बन्दै आएको छ ।

यस साझेदारीमार्फत हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्सले मुलुकभर गुणस्तरीय हरित कर्जा विस्तार गर्दै यातायात व्यवसायी, उद्यमी तथा संस्थागत ग्राहकहरूलाई आर्थिक रूपमा सक्षम बनाउने लक्ष्य राखेका छन् ।

You might also like

Comments are closed.