काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतका १ लाख १९ हजार ९९७ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ।
बैंकले उक्त सेयर खरिदका लागि इच्छुक व्यक्ति वा संस्थाबाट आवेदन माग गरेको हो । इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाडौं, कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित निवेदन बुझाउन सक्नेछन् ।
यसअघि बैंकले सो सेयर आफ्ना विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेको थियो । तर, तोकिएको ३५ दिनको अवधिभित्र कुनै पनि संस्थापक शेयरधनीले सेयर खरिदमा चासो नदेखाएपछि अब सर्वसाधारणका लागि बिक्री प्रक्रिया अघि बढाइएकाे बैंकले जनाएको छ ।
लगानीकर्ताले तोकिएको न्यूनतम मूल्यभन्दा बढी प्रस्ताव गरेर निवेदन पेस गर्नुपर्नेछ ।
 
			



 
											



Comments are closed.