हिमालयन बैंकको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले ११ जना संस्थापक शेयरधनीहरूबाट स्वामित्वमा रहेको ५ लाख ३ हजार ७८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।

बैंकले ती शेयरहरू बैंककै विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकताका आधारमा बिक्री गर्ने जनाएको छ। इच्छुक संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र कमलादीस्थित बैंकको कानून विभागमा निवेदन दिनुपर्नेछ। बैंकका अनुसार विभिन्न बिक्रेता संस्थापकहरूको शेयरको मूल्य फरक–फरक रहेकाले मूल्यसम्बन्धी जानकारीका लागि केन्द्रीय कार्यालयमा प्रत्यक्ष सम्पर्क गर्न सकिनेछ।

यदि तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरूबाट पर्याप्त आवेदन प्राप्त नभएमा, बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ।

You might also like

Comments are closed.