हिमालयन देउराली रिसोर्टले ल्यायो ‘मनसुन अफर’

काठमाडौं । कास्कीको देउरालीमा रहेको हिमालयन देउराली रिसोर्टले ‘मनसुन अफर’ ल्याएको छ । कोरोनाको विषम परिस्थितिलाई मध्यनजर गरी रिसोर्टले विशेष छुटसहितको सस्तो प्याकेज ल्याएको हो ।

रिसोर्टले प्रति व्यक्ति ३ हजार रुपैयाँको प्याकेज सार्वजनिक गरेको छ । प्याकेजमा डिलक्स रुम, बिबिक्यु स्न्याक्स, लोकल चिकेनसहितको डिनर, ब्रेकफास्ट समावेश गरिएको सञ्चालक विन्दा रायमाझीले जानकारी दिइन् ।

काठमाडौंसहित पोखरा तथा अन्य क्षेत्रका आन्तरिक पर्यटकलाई लक्षित गरी रिसोर्टले यो प्याकेज ल्याएको हो । शान्त तथा मनोरम वातावरणमा रहेको यो रिसोर्टबाट लामो रेन्जमा हिमालयको दृश्यावलोकन गर्न सकिन्छ ।

jutta mela

‘सस्तो मूल्यमा सार्वजनिक गरिएको यो प्याकेजमा धेरै पर्यटक आकर्षित हुने हामीले विश्वास लिएका छौं,’ उनले भनिन् ।

You might also like

Comments are closed.