हिमालयन देउराली रिसोर्टले ल्यायो ‘मनसुन अफर’

पोखरा । कास्कीको देउरालीमा रहेको हिमालयन देउराली रिसोर्टले ‘मनसुन अफर’ सार्वजनिक गरेको छ । रिसोर्टले विशेष छुटसहितको सस्तो प्याकेज ल्याएको हो ।

रिसोर्टले प्रति व्यक्ति डिलक्स रुमको ४ हजार र सुपर डिलक्सको ५ हजार रुपैयाँको प्याकेज सार्वजनिक गरेको छ । प्याकेजमा डिलक्स रुम, वेलकम ड्रिंक्स, स्न्याक्स प्ल्याटर, डिनरमा (इन्डियन, चाइनिज, नेपाली कन्टिनेन्टल) बफेट ब्रेकफास्ट समावेश गरिएको सञ्चालक विन्दा रायमाझीले जानकारी दिइन् ।

काठमाडौंसहित पोखरा तथा अन्य क्षेत्रका आन्तरिक पर्यटकलाई लक्षित गरी रिसोर्टले यो प्याकेज ल्याएको हो । शान्त तथा मनोरम वातावरणमा रहेको यो रिसोर्टबाट लामो रेन्जमा हिमालयको दृश्यावलोकन गर्न सकिन्छ ।

MANASLU

‘सस्तो मूल्यमा सार्वजनिक गरिएको यो प्याकेजमा धेरै पर्यटक आकर्षित हुने हामीले विश्वास लिएका छौं,’ उनले भनिन् ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...