काठमाडौं । हालै भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष नारायण बजाजले उक्त ५१ लाख रुपैयाँको सहयोग रकम अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। सहयोग रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य तथा खेतान ग्रुपका अध्यक्ष राजेन्द्र कुमार खेतानको उपस्थिति थियो।
देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्स्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय, विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै हिमालयन लाइफले उक्त सहयोग उपलब्ध गराएको बताइएको छ ।
कम्पनीले बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकप्रति सहानुभूति व्यक्त गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।



Comments are closed.