हिमालयन पावर पार्टनरले शेयर निष्काशन गर्न पायो अनुमति

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेड (HPPL) लाई नेपाल धितोपत्र बोर्डले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ।

बोर्डले कम्पनीलाई ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने स्वीकृति दिएको हो । कम्पनीले हाल कायम शेयरधनीलाई २ कित्ताबर बराबर १ कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्नेछ ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नियुक्त गरिएको छ ।

हकप्रद शेयर निष्काशनसम्बन्धी अन्य विवरण भने कम्पनीले सार्वजनिक सूचनामार्फत पछि जानकारी गराउने जनाएको छ ।

You might also like

Comments are closed.