नेप्सेमा हिमस्टार उर्जा कम्पनीको शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमस्टार उर्जा कम्पनी लिमिटेड (HIMSTAR) को शेयर सूचीकृत भएको छ । नेप्सेले सोमबार कम्पनीको ३७ लाख ३० हजार कित्ता शेयर सूचीकरण गरेको हो ।

सूचीकृत शेयरमध्ये सर्वसाधारणका लागि बिक्री गरिएको ११ लाख १९ हजार कित्ता र संस्थापक लगानीकर्ताले लगानी गरेको २६ लाख ११ हजार कित्ता समावेश छन् । यसरी कम्पनीका सबै कित्ता शेयर नेप्सेमा कारोबारका लागि उपलब्ध भएका छन् ।

कम्पनीको शेयर आगामी भदौ १५ गते (आइतबार) बाट कारोबार हुने भएको छ । पहिलो कारोबारका लागि नेप्सेले हिमस्टारलाई प्रतिकित्ता न्यूनतम ९९ रुपैयाँ १७ पैसा देखि अधिकतम २९७ रुपैयाँ ५१ पैसासम्मको ओपनिङ्ग रेञ्ज निर्धारण गरेको छ ।

यस रेञ्जका आधारमा आइतबारको स्पेशल प्रि-ओपन सेसन मा पहिलो कारोबार हुनेछ । त्यसपछि कम्पनीको शेयर नियमित बजार सत्रमा कारोबार हुने नेप्सेले जनाएको छ । यससँगै नेप्सेले हिमस्टार उर्जा कम्पनीलाई “HIMSTAR” स्टक टिकर प्रदान गरेको छ ।

You might also like

Comments are closed.