काठमाडौं । विश्व प्रशिद्ध ब्राण्ड हिस्टोन र फ्रिगोग्लासका इलेक्ट्रोनिक्स सामान नेपाली बजारमा लोकप्रिय बनेका छन् । हिसान इन्टरनेशनल प्रा.लि.ले बिगत करिब ३ वर्षदेखि यो ब्राण्डलाई नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।
युरोपियन डिजाइन र प्रविधिमा भारतमा तयार भएका यी प्रडक्टले नेपाली बजारमा छोटो समयमा बलियो उपस्थिति जनाउन सफल भएको कम्पनीका सेल्स एण्ड मार्केटिङ म्यानेजर ऋषिराम पौडेलले बताए । ‘यी प्रण्डक्ट नेपाली बजारमा देशभर लोकप्रिय बन्न सफल भएका छन्,’ उनले भने, ‘नेपालका मुख्य बजारमा सामान उपलब्ध छन् ।’
फ्रिगोग्लासको नर्कुल ब्राण्डको चेस्ट फ्रिजर रेन्ज, चिल्लर चेस्ट फ्रिजर रेन्ज र १०० देखि ५५० रेन्जको डिफ्रिज नेपाली बजारमा बिक्री वितरण भइरहेको छ । घरायसी प्रयोजनका लागि हिस्टोन ब्राण्डको रेफ्रिजिरेटर बजारमा बिक्री भइरहेको छ । १७० लिटर, १९० लिटर, १९५ लिटर र २१५ लिटर क्षमताका रेफ्रिजिरेटर बजारमा उपलब्ध रहेको पौडेलले जानकारी दिए । चिल्लर २८०, ३५०, ४५०, ६०० र १००० लिटर क्षमतामा उपलब्ध छन् ।
कम्पनीले हिस्टोन ब्राण्डको एयरकुलर पनि बिक्री गर्दै आइरहेको छ । ३० र ६० लिटर क्षमताका एयरकुलर बजारमा उपलब्ध छन् । हिटर (ब्लोर र रुम हिटर), वासिङ मेसिन लगायतका प्रडक्ट बिक्री वितरण गर्दै आइरहेको कम्पनीले छिट्टै हिस्टोन ब्राण्डको एसी, माइक्रो वभन, भ्याकुम क्लिनर लगायतका प्रडक्टसमेत आयात गरी बिक्री वितरण गर्ने तयारी गरिरहेको छ । बिक्री पछिको सेवालाई प्राथमिकता दिदै कम्पनीले सेवा प्रदान गरिरहेको पौडेलले बताए । ‘हामी ग्राहकको सेवामा निरन्तर सक्रिय छौं,’ उनले भने ।
देशभर करिब सय वटा डिलरमार्फत यी सामानहरु बिक्री वितरण हुँदै आइरहेको पौडेलले जानकारी दिए । ‘सामान बिक्री वितरण भएको ३ वर्षसम्म बजारबाट कुनै गुनासो आएका छैनन्,’ पौडेलले भने, ‘राम्रो कम्पनीका प्रडक्ट बजारमा पुर्याउन सफल भएकाले पनि धेरेको मन र विश्वास जित्न सफल छौं ।’ कम्पनीले रेफ्रिजिरेटरमा १० वर्षको वारेन्टी र डिफ्रिजमा ५ वर्षको वारेन्टी दिदै आइरहेको छ । आइएसओ सर्टिफाइड यो कम्पनी संसारको उत्कृष्ट ब्राण्डमा पर्न सफल छ ।
Comments are closed.