विश्व वातावरण दिवसको अवसरमा हिसान म्याराथुन हुने

काठमाडौं । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) को आयोजनामा फस्ट हिसान म्यराथुन २०२३ हुने भएको छ । जुन ५ विश्व वातावरण दिवसको अवसरमा म्याराथुनको आयोजना गरिएको हो ।

सोे प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् । म्याराथुनको दुरी ४ किलो मिटरो रहने छ । थापाथालीमा रहेको ट्रेड टावरबाट दौड शुरु भई त्रिपुरेश्वर (रंगशाला), सुन्धारा, न्युरोड गेट, रत्नपार्क, जमल, त्रिचन्द्र कलेज, पुराने वसपार्क, रामशाह पथ, माइति घर हुँदै ट्रड टावरमा पुगेर समापन हुने हिसानका अध्यक्ष शिवप्रसाद अधिकारीले जानकारी दिए ।

सो प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार रुपैयाँ, द्वीतीय हुनेलाई १० हजार रुपैयाँ र तृतीय हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिने सचिव गोपीराज पराजुलीले जानकारी दिए । प्रतियोगितामा ३ सय जना छात्र छात्राको सहभागिता रहने जनाइएको छ ।

jutta mela

You might also like

Comments are closed.