विश्व वातावरण दिवसको अवसरमा हिसानको आयोजनामा म्याराथन सम्पन्न

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौं जिल्लाले आयोजनामा म्याराथन (सडक दौड) प्रतियोगिता सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसरमा ‘Lets Run Together for Environment’ भन्ने मुल नाराका साथ ‘First HISSAN Marathon – 2023’ सम्पन्न भएको हो।

म्याराथन (सडक दौड) प्रतियोगिता युवा तथा खेलकुद मन्त्री डिक बहादुर लिम्बुले उद्घाटन गरेका हुन् । म्याराथनमा ३०० भन्दाबढी विद्यार्थीहरु (महिला÷पुरुष) को सहभागी रहेको थियो। म्याराथन काठमाडौको थापाथली स्थित ट्रेड टावरबाट शुरु भएर माइतीघर, बानेश्वर, सिभिल हस्पिटलबाट फर्किएर पुनः ट्रेड टावरको अगाडि आएर समापन भएको थियो ।

म्याराथन प्रतियोगितामा पुरुषतर्फ प्रथम, द्वितीय, र तृतीय पिनाकल कलेजका विद्यार्थी क्रमशः बिकेश घिमिरे, बिनय राई, नकुल घर्ती भए भने काठमाडौ कलेज अफ सेन्ट्रल स्टेट (KCCS) का लक्ष्मण तामाङ चौथो, भेनस कलेजका मनोज तामाङ पाँचौ र जोसेफ कलेजका अमित बोहोराले छैटौं स्थान हासिल गरे।

jutta mela

त्यसैगरी महिलातर्फ जया मल्टिपल कलेजकि रिदया राई प्रथम, काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटकि अस्मिता तामाङ द्वितीय, भेनस कलेजकी सुक्लामो तामाङ तृतीय, (KCCS) कि पबित्रा गिरी चौथो, सेन्ट लरेन्स कलेजकी सुस्मिता राई पाँचौ र जुबिलियण्ट कलेजकि चाँदनी बिष्टले छैटौं स्थान हात पारिन् ।

प्रतियोगितामा सहभागीमध्ये महिला तथा पुरुष दुबैतर्फ प्रथम हुने खेलाडिले रु.१५ हजार, द्वितीय रु.१० हजार र तृतीय हुने खेलाडिले रु.५ हजार रुपैयाँ प्राप्त गरे भने चौथो, पाँचौ र छैटौं हुने ३÷३ जना विद्यार्थीले रु ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बूले खेलकुदले विद्यार्थीहरुको क्षमता जाँच्न र अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न सघाउ पुर्‍याउने भन्दै यस्तो कार्यक्रमहरु अरु तलसम्म व्यापक बनाउनुपर्ने बताए । उनले देशलाई चिनाउन खेल महत्वपूर्ण माध्यम रहेको भन्दै युवा विद्यार्थीहरुले व्यावसायिक खेल जिवनलाई ध्यान दिनुपर्नेमा जोड दिए। विद्यार्थीले अध्ययनसँगै अन्य क्रियाकलापमा समेत चाँसो राख्नुपर्ने बताए । उनले भावि पुस्तामा देशको जिम्मा लिने जनशक्ति भएकोले त्यसकोलागी विद्यार्थीहरु तयार रहनपर्ने बताए ।

कार्यक्रममा हिसान काठमाडौं जिल्लाका अध्यक्ष शिवप्रसाद अधिकारीले खुला म्याराथनमा भागलिने सबै विद्यार्थीहरुलाई धन्यवाद दिदै पुनः विद्यार्थीहरुलाई विभिन्न खेल तथा अन्य रचनात्मक क्रियाकलापहरुमा जोड्ने बताए । कार्यक्रममा हिसान केन्द्र, प्रदेश र काठमाडौ जिल्लाका पदाधिकारी लगायत व्यक्तिहरु सहभागि थिए ।

You might also like

Comments are closed.