हितैसी सहकारीमा कार्की

 

पोखरा । हितैसी बचत तथा ऋण सहकारी संस्था लि. कास्कीको अध्यक्षमा पुन शेरबहादुर कार्की निर्वाचित भएका छन् । सहकारीको तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको हो ।

सहकारीको उपाध्यक्षमा धन राज आचार्य, सचिवमा मदन प्रसाद आचार्य, कोषाध्यक्षमा तेज कुमारी गुरुङ निर्वाचित भएका छन् । सदस्यमा राजु प्रसाद आचार्य, राम प्रसाद भट्टराई, विश्व बन्धु थापा, रचना आचार्य, दीपक बहादुर के.सी. निर्वाचित भएको निर्वाचन समितिका संयोजक सुरेश श्रेष्ठले जानकारी दिए ।

jutta mela

लेखा समिति संयोजक मीनु बस्नेत, सदस्यमा राम बहादुर गुरुङ र सीतादेवी कार्की, ऋण उपसमितिमा सबिना राना मगर, केदार बहादुर कार्की, महिला उप समिति संयोजकमा तारा देबि गुरुङ, सदस्यमा भोज कुमारी आचार्य, गङगा देबि गुरुङ र विष्णु माया भट्टराई, शिक्षा उपसमितिमा सुमित्रा आचार्य र ज्ञान बहादुर कार्की निर्वाचित भएका छन् ।

You might also like

Comments are closed.