काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा सुरु प्लाष्टिक प्रर्दशनी (प्लास्ट नेपाल २०२४ एक्स्पो)मा हिट्को प्रालिले आफूहरुले बिक्री वितरण गर्ने सामानहरुलाई बिक्री तथा प्रदर्शनीमा राखेको छ । ‘एल्गी’ ब्राण्डलाई बिक्री तथा प्रदर्शनीमा राखेको कम्पनीले जनाएको छ । उद्योगहरुका लागि आवश्यक एयर कम्प्रेसर र मेटरियल ह्यान्डलिङ उपकरण लगायत सामग्री उपलब्ध गराउँदै आइरहेको प्रालिले अटोमोबाइल क्षेत्रमा समेत अग्रणी पहिचान बनाउन सफल छ ।
हिट्कोले हाल टु ह्विलर, फोर ह्विलर, ट्रयाक्टर, हेभी इक्विपमेन्ट मर्मतका लागि आवश्यक टुल्स, पार्ट्स जस्ता उपकरण बजारमा उपलब्ध गराउँदै आएको छ ।
हिट्को प्रालिले हाल एल्गी र एटीएस–एल्गीका उपकरणहरु बिक्री वितरण गरिरहेको छ । सवारी साधनको ग्यारेज निर्माणका लागि आवश्यक उपकरण र सडक वा टनेल निर्माणको अवसरमा आवश्यक एयर कम्प्रेसर समेत हिट्कोले उपलब्ध गराइरहेको छ ।
हिट्कोले सिजफायर ब्रान्डका फायर एक्स्टिङग्विसर पनि उपलब्ध गराइरहेको छ ।
अटोमोवाइल प्रविधिमा आएको परिवर्तनसँगै एटीएस एल्गीले आफ्ना उत्पादनलाई पनि स्तरोन्नति गर्दै लगेको छ । नयाँ प्रविधिका सवारी साधनको मर्मतसम्भारमा नयाँ र विशेष फिचरयुक्त उपकरण प्रयोग गर्नुपर्ने हुन्छ । सोही विषयलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो उत्पादनमा समयसापेक्ष परिवर्तन गर्दै लगेको छ । एटीएस एल्गीसँग हाल सवै प्रकारका अत्याधुनिक पोष्ट, पेन्ट वुथ, ह्विल अलाइनर, व्यालेन्सर, टायर चेन्जर, एसी रिकोभरी, अटोमेटिक कार वासर र अन्डर वडी वासिङ किट लगायतका उपकरण उपलब्ध रहेको बताइएको छ ।
पछिल्लो समय अटोबजार इलेक्ट्रिक भेइकलमा सिफ्ट भएसँगै कम्पनीले ईभीकै लागि भनेर विशेष प्रकारका उपकरण र अन्य सामग्रीको उत्पादन समेत गरिरहेको छ । ती उपकरण र सामग्री विस्तारै नेपाली बजारमा समेत आउने क्रममा छन् ।
हाल नेपालमा एसेम्बल उद्योग समेत बढिरहेको र त्यस्ता उद्योगमा समेत हिट्कोले विभिन्न उपकरण उपलब्ध गराइरहेको प्रवन्ध निर्देशक प्रदीपमान प्रधानले बताए ।
हिट्को प्रालिले आफ्नो सेवा सुरु गरेको ५० वर्ष पुगेको छ ।
Comments are closed.