प्रथम काठमाडौं महोत्सवको ‘फायर सेफ्टी सर्पोटर’मा हिट्को प्रालिले साथ दिएको छ । ग्यारेज इक्युपमेन्ट, औद्योगिक मेसिनरी इक्युपमेन्ट र फायर सेफ्टी इक्युपमेन्ट बिक्री वितरणमा नेपालको अग्रणी कम्पनी हिट्को महोत्सव जोडिएको हो । फायर सेफ्टी सर्पोटरको भूमिका महोत्सवमा जोडिन पाउँदा खुसी लागेको हिट्को प्रालिका कार्यकारी निर्देशक प्रदीपमान प्रधानले बताए । प्रथम काठमाडौं महोत्सव माघ १४ देखि १७ गतेसम्म भृकुटिमण्डपमा हुँदैछ ।
हिट्कोले हाल टु ह्विलर, फोर ह्विलर, ट्रयाक्टर, हेभी इक्विपमेन्ट मर्मतका लागि आवश्यक टुल्स, पाट्र्स जस्ता उपकरण बजारमा उपलब्ध गराउँदै आएको छ । हिट्कोले हाल एल्गी र एटीएस–एल्गीका उपकरणहरु बिक्री वितरण गरिरहेको छ । सवारी साधनको ग्यारेज निर्माणका लागि आवश्यक उपकरण र सडक वा टनेल निर्माणको अवसरमा आवश्यक एयर कम्प्रेसर समेत हिट्कोले उपलब्ध गराइरहेको छ । हिट्कोले सिजफायर ब्रान्डका फायर एक्स्टिङग्विसर पनि उपलब्ध गराइरहेको छ ।
महोत्सवलाई नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आयोजना गरेको हो । संघका कोषाध्यक्षसमेत रहेका प्रधानले प्रथम पटक आयोजित काठमाडौं महोत्सवले निजी क्षेत्रलाई गतिशील बनाउन सकारात्मक योगदान गर्ने विश्वास व्यक्त गरे ।



Comments are closed.