काठमाडौं । होन्डाले यही मार्च २ मा नयाँ बाइक लन्च गर्ने तयारी गरेको छ । उक्त बाईक नियो–रेट्रो स्टाइल बाइक सीबी ३५० को क्याफे रेसर भर्सनमा हुने कम्पनीले बताएको छ । सो बाइकमा ३४८ सीसी सिंगल सिलिन्डर इन्जिन जडान गरिनुका साथै केही अपडेट पनि हुनेछ ।
यस बाइकको मुख्य विशेषतामा भनेकै ई२० फ्युलबाट पनि चलाउन सकिने छ । ई२० भनेको इथानोल र पेट्रोलको मिश्रण हो, जसमा ८० प्रतिशत पेट्रोल र २० प्रतिशत इथानोल मिश्रण हुन्छ । सो इन्जिनले २०.८ बीएचपी पावर र ३० एनएम टर्क जेनेरेट गर्छ । बाइकमा ५ स्पिड गियरबक्स हुनेछ ।
यसमा नयाँ एलईडी लाइटिङ, सेमी डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, ड्युअल च्यानल एबीएस अपडेट गरिने छ । यद्पी, बाइकमा टेलिस्कोपिक फ्रन्ट फोर्क्रस र पछाडि ड्युअल शक्स, अलोय ह्लिलको साथमा रियर र फ्रन्टमा डिस्क ब्रेक यथावत् रहनेछ ।
क्याफे रेसर भर्सन आकर्षक बनाउन डिजाइनमा परिवर्तन गर्ने सम्भावना समेत रहको छ । यदी डिजाइन परिर्वतन भएन भने यस बाइकले हाल बजारमा उपलब्ध रोयल इन्फिल्डका बुलेट बाइकसँग प्रतिश्पर्धा हुने छ ।
लन्चिङपछि सो बाइकले रोयल इनफिल्ड हन्टर ३५० र जावा ४२ जस्ता रेट्रो बाइकसँग समेत प्रतिस्पर्धा गर्नेछ ।यो बाइकको बिक्री मार्चको अन्त्यबाट सुरु हुने अपेक्षा गरिएको छ । नेपाल अटो
Comments are closed.