काठमाडौं । नेपालका लागि होण्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङ्ग प्रा. लि. ले अत्याधुनिक ’स्मार्ट’ प्रविधिहरु र थप ’पावर’ले भरपुर होण्डा डियो १२५ स्कुटरको विक्री वितरण सुरु गरेको छ । नेपालमा सर्वाधिक बिक्री हुने होण्डाका दुईपाङ्ग्रे सवारीसाधनहरु मध्येमा ग्राहकद्वारा
अत्यधिक रुचाईएको होण्डा डियो स्कुटरको पछिल्लो संस्करण होण्डा डियो१२५ वर्तमान प्रविधिमैत्री पुस्ताको आवस्यकता र सन्तुष्टिका लागि नविन विशेषता छन् ।
साथै, १२५ सीसी क्षमताको इञ्जिनका साथ ज्यलमब म्ष्यज्ञद्दछ रोमान्चक यात्राको भरपर्दो र शक्तिशाली सहयात्री बन्नेमा कम्पनी ढुक्क छ । ’स्मार्ट’ चाबीले ’अनलक’ र ’स्टार्ट’ हुने होण्डा डियो १२५ मा ’साईड स्ट्यान्ड’ लगाउँदा ’स्टार्ट’ बन्द हुने प्रविधि, कम इन्धनमा अधिकतम माइलेज दिने PGM-FI सिस्टम लगायतका अत्याधुनिक प्रविधिहरु उपलब्ध छन् ।
होण्डा डियो१२५ मा स्टार्ट गर्दा एकदमै कम आवाज आउने वातावरणमैत्री ACG प्रविधि पनि जडित छ । होण्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङ प्रा. लि. ले होण्डा डियो १२५ को बुकिङ र विक्री धमाधम भैरहेको जनाएको छ । ‘NADA AUTO SHOW’ मा पहिलो पटक प्रदर्शनीमा राखिएको होण्डा डियो १२५ ले थुप्रै ग्राहकहरुको ध्यान तान्न सफल भएको थियो।
ग्राहकहरुको व्यग्र प्रतिक्षालाई पूर्णविराम लगाउँदै बजारमा आइपुगेको होण्डा डियो १२५, विज्ञापनहरुमा र अधिकारिक विक्रेताहरु कहाँ उपलब्ध QR CODE स्क्यान गरि सीमित समयका लागि, INTRODUCTORY मूल्य, मात्र रु.२ लाख ९९ हजार ९ सय रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । होण्डा नेपालको आधिकारिक वेबपेजमा गएर होण्डा डियो१२५ अग्रिम बुकिङ तथा खरिद गर्न सकिने छ ।
Comments are closed.