काठमाडौं । नेपालको दुईपांग्रे सवारी साधन बजारमा नयाँ राइडिङ अनुभूति प्रदान गर्दै, होण्डाको आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनी प्रालिले ‘होण्डा एनएक्स२००’को विशेष मिडिया टेस्ट राइड कार्यक्रम सम्पन्न गरेको छ ।
‘फ्रम सिटी लाइट्स टु माउनटेन हाईट्स, राईड इट अल’ मुख्य नारामा आधारित यो कार्यक्रममा मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई सहरको बाटो र पहाडी ट्रेलहरूमा बाइकको बहुप्रयोजन र प्रदर्शन अनुभव गराइएको छ ।
टेस्ट राइड होण्डाको एकान्तकुना सर्भिस सेन्टरबाट सुरु भई नख्खु, चोभार, चोभार ड्राइपोर्ट, टौदह, चाल्नाखेल, फर्पिङ हुँदै हत्तिवनको जङ्गल पार गर्दै हत्तिवन हिमालयन हाइट रिसोर्टमा पुगेर टुङ्गियो । सहरको बाटो, उकालो र कठोर ट्रेलको मिश्रित मार्गले मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई यो बाइक बहुमुखी प्रदर्शन र क्षमता प्रत्यक्ष अनुभव गर्न मौका दिएको छ ।
एनएक्स२०० मिट एण्ड ग्रिट कार्यक्रममा साहसिक यात्रा प्रेमी र सहरमा सवार गर्न रुचाउने राइडरहरू एकै ठाउँमा भेला हुने मौका मिलेको कम्पनीले जनाएको छ । बाइकको ‘एडभेन्चर–क्रसओभर स्टाइलिङ’ र बहुप्रयोजन क्षमता प्रस्तुत गरेको छ। बाइकमा रहेको यु.एस.डी (अपसाइड डाउन) गोलडेन फ्रन्ट सस्पेन्सनले अप्ठ्यारा बाटोहरू सहजै पार गर्न सक्षम बनाउनाले यो बाइकले अफरोड यात्राका राम्रो पहिचान बनाएको छ । नेपालमा युवा पुस्तामाझ यो बाइकले छोटो समयमा लोकप्रिय स्थान बनाउन सफल छ ।
यसमा रहेको स्लिपर क्लचले गियर परिवर्तन सहज बनाउँछ भने सिंगल च्यानल ए।बि।एसले ब्रेक लगाउँदा सुरक्षा र नियन्त्रण बढाउँछ । २०२४ मार्चमा सार्वजनिक गरिएको यो बाइकले माथि उठेको ह्यान्डलबार र अपराईट बसाइको सुविधासहित लामो यात्राका लागि आरामदायी राइड प्रदान गर्दछ ।
Comments are closed.