दशैं–तिहारमा ‘होण्डाको साथ ७’

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले दशैं तथा तिहार स्किम “होण्डाको साथ ७” ग्राहक माझ ल्याएको छ । नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होण्डा खरिद गर्ने १ जनालाई १ लाख रुपैयाँ प्रदान गरिनेछ ।

यस योजनाको समय अविधि भर होण्डाका ग्राहकहरुले स्क्रयच कुपन मार्फत हात खाली नजाने गरी १ लाखसम्म नगद उपहार प्राप्त गर्नेछन् । यसका साथै यस योजना अन्तर्गत ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७% छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्नेछन् । त्यसैगरी होण्डा बिग बाइकको खरिदमा ४० हजार रुपैया सम्मको क्यास ब्याक पाउन सक्नेछन् । यति मात्र नभई यस योजनामा तपाईंहरुले मात्र १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआइ र १% ब्याजदरमा समेत होण्डा खरिद गर्न सक्नेछन् ।

बम्परमा सहभागी १ जना भाग्यसाली ग्राहकले १५ लाखसम्मको नगद पुरस्कार जित्ने मौका प्राप्त गर्नेछन् । यो योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ ।

jutta mela

You might also like

Comments are closed.