होण्डाले ल्यायोे आकर्षक उपहार योजना

काठमाडौं । नेपालको लागि होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डा छ साथ साथ” नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।

नेपाल अधिराज्यभर सातै प्रदेशका ग्राहकहरूले सहभागिता जनाउन सक्ने यस योजना अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्र्याच कुपन मार्फत रु. १ लाख सम्मको क्यासब्याक प्राप्त गर्न सकिन्छ भने योजना अवधिभर होण्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरू मध्ये प्रत्येक प्रदेशबाट एक एक जना गरि सातै प्रदेशबाट सात जना ग्राहकहरूले लक्की ड्र मार्फत आकर्षक सामसुङ ए फिफ्टी मोबाइल फोन तथा एएमसी कुपन प्राप्त गर्न सक्ने बताइएको छ ।

बम्पर लक्की ड्र मार्फत एक जना भाग्यशाली ग्राहकले नगद रु. ७ लाख नगद उपहार पाउनेछन् । स्याकार ईन्भेष्टमेन्ट मार्फत हुने १% इएमआइ पेमेन्ट स्किम बाहेकको अन्य नगद तथा फाइनान्स खरिद दुबैमा यो योजना लागू हुने कम्पनीले जनाएको छ । योजना २०७९ वैशाख २५ गते देखि जेठ १७ गतेसम्म नेपाल अधिराज्यभर लागू हुनेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको खरिदमा आउने यस किसिमका आकर्षक उपहार योजनाहरूले ग्राहकहरूलाई थप उत्साहित बनाउने विश्वास कम्पनीले लिएको छ ।

You might also like

Comments are closed.